सिलगढी: छैटौं श्रेणीको छात्राको अपहरणको आशङ्का

IMG_20221208_212210.jpg

मंगलवार परीक्षा दिएपछि छैटौ श्रेणीका एक छात्रा अझसम्म घर फर्की नआएकोले गर्दा सिलगढीको प्रधान नगर थाना अन्तर्गत दक्षिण पलास जमाई बजार इलाकामा सनसनी फैलिएको छ।निखोज छात्राको परिवारले थानामा छिमेकी ज्वाई विरूद्ध अपहरण गरेको आरोप लगाउदै एउटा प्राथमिकी दर्ता गरेको छ। घटनापछि आरोपी ज्वाई पनि लापत्ता रहेको बताइएको छ‌। जानकारी अनुसार, दक्षिण पलास इलाका निवासी सीमी रायको १२ वर्षीय छोरी कृष्णा राय छैटौ श्रेणीको परीक्षा दिन घरबाट गत मंगलवार साइकलमा सवार भएर स्कुल गएकी थिइन्। परीक्षा सकिएपछि पनि कृष्णा घर आइनन्।छोरी घर नआएपछि परिवारका सदस्यहरू चिन्तित बनेर तिनको खोजबीन शुरू गरे। खोजबीन अवधि स्कुलबाट घर फर्किंदा एकजना अपरिचित महिलासित कृष्णाले भेट गरेको कुरा तिनको आमाले थाहा पाए। यसपछि देवीडांगाको एउटा दोकानको सीसीटीभी क्यामेरामार्फत छानबिन गर्दा छिमेकी प्रदीप कुमार रायको ज्वाई मनोज रायले कृष्णालाई आफ्नो बाइकमा चढाएर लगेको थाहा पाए। निखोज कृष्णाको आमाले बताए अनुसार छिमेकीको ज्वाईसित तिनीहरूको सम्बन्ध राम्रो छ तर तिनले यस्तो कार्य किन गयो भन्ने कुरा आफुले बुझ्न सकेको छैन। गत सोमबार आरोपी ज्वाई मनोज तिनको घरमा आएको अनि कृष्णाको बारेमा सोधखोज गरेर फर्किएको कुरा तिनले बताए। छोरी अहिले कहाँ अनि कस्तो अवस्थामा होलान् भन्ने कुराले कृष्णाको आमा चिन्तित छन्। अर्कोतिर, आरोपी मनोजको ससुरा प्रदीप रायले बताए अनुसार २०१९ मा लकडाउन अवधि तिनको छोरीसित मनोजको विवाह भएको थियो। हाल मनोजको एकजना३ महिनाको छोरी पनि छ। प्रदीप गत मंगलवार ज्वाईको घर धुपगढी गए तापनि तिनी घरमा थिएनन्। तिनले भने, कृष्णा राम्रोसित घर फर्कियोस् भन्ने मेरो प्रार्थना छ। दोषीलाई कठोर सजाय दिनु पर्ने पनि तिनले माग गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *