खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको स्थापना दिवस पालन गरिने

IMG-20221208-WA0317.jpg

प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा संगठनकाे अध्यक्ष बिरबल पाखरिङकाे अध्यक्षतामा सम्पन्न भयाे। सभा विशेष आगमि ११ दिसम्बर २०२२ मा हुने स्थापना दिवसबारे छलफल गरिएको छ। उक्त दिन खरसाङ वरिपरिका दैनिक काम काजहरु बन्द राखिदिने अनुरोध संगठनकाे पक्षबाट जानकारी गराएका छन्। दैनिक राेजिराेटि गरि खाने श्रमिकवर्ग, सेल्समेन सेक्टर, हाेटल सेक्टरका सदस्यहरु, दिलाराम, सिटाेङ महानदी, टुंग, महारानी साथै खरसाङ क्षेत्रहरुकाे श्रमिकहरु उपस्थित हुने जानकारी कार्यवाहक अध्यक्ष एल्जिन ब्राह्मणले दिएका छन्। सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष बीरबल पाख्रीनले विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *