फिफा विश्वकप: क्रिस्टियानो रोनाल्डोको ठूलो अपमान

00-Chiritiano-Ronaldo

दोहा: पोर्चुगलका स्टार फरवार्ड तथा वर्तमान कप्तान क्रिस्टियानो रोनाल्डोसँग कहिले के भइरहेको छ, उनी आफैंलाई थाहा छैन। झगडापछि म्यानचेस्टर युनाइटेडबाट बाहिरिएको झण्डै दुई हप्तापछि उनी आफ्नै टोलीको प्रारम्भिक ११ बाट बाहिरिएका थिए। लुसेल स्टेडियममा स्विट्जरल्याण्ड विरुद्धको फिफा विश्वकप राउन्ड अफ १६ खेलको सुरुवाती लाइनअपमा नाम थिएन। उनको स्थानमा गोन्सालो रामोसलाई प्लेइङ ११ मा राखिएको थियो। सन् २००८ को युरोपियन च्याम्पियनसिपपछि पहिलो पटक कुनै प्रमुख प्रतियोगितामा रोनाल्डोलाई आफ्नो राष्ट्रिय टोलीको प्रारम्भिक ११ मा समावेश गरिएको थिएन। त्यसपछि उनले पोर्चुगलका लागि ३१ खेल खेलिसकेका छन्। चाखलाग्दो कुरा के छ भने त्यो युरो खेल पनि स्विससँग नै थियो। तर, यसका बाबजुद पनि उनको टोलीले स्वीट्जरल्याण्डलाई ६–१ ले हराएको थियो। पोर्चुगलका लागि गोन्जालो रामोसले ह्याट्रिक गरे भने पेपे, राफेल गुरेरो र राफेल लुएले एक–एक गोल गरे।

यो खेलअघि टोलीका प्रशिक्षक फर्नान्डो स्यान्डोस र उनीबीच विकल्पको विषयमा विवाद भएको थियो। दक्षिण कोरियाविरुद्धको अन्तिम खेलमा रोनाल्डोलाई अन्तिम मिनेटमा प्रतिस्थापन गरिएको थियो। यसबाट रोनाल्डो खुशी थिएनन्। यसप्रति उनले असन्तुष्टि पनि व्यक्त गरेका छन्। विश्वका उत्कृष्ट फुटबलरको सूचीमा परेका ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेपछि हाल कुनै पनि क्लबमा संलग्न छैनन्। क्लब व्यवस्थापनसँग उनको विवाद थियो। उनले पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा क्लबले उनलाई धोका दिएको बताए। त्यसपछि उनी र क्लबले एक विज्ञप्ति जारी गर्दै भने कि उनीहरू मैत्रीपूर्ण रूपमा अलग भएका थिए। तर, रोनाल्डोका फ्यानहरूले पोर्चुगल टोलीलाई यसरी लाजमा पारेको मन पराउने थिएनन्। अर्कोतर्फ, रामोसले रोनाल्डोको अनुपस्थितिको पूरा फाइदा उठाए र स्विट्जरल्याण्डलाई पराजित गर्न तीन गोल गरे। योसँगै रोनाल्डोको टोली क्वार्टरफाइनलमा पुगेको छ र उसले मोरक्कोको सामना गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *