अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे एडेन हजार्डले

IMG-20221208-WA0105.jpg

८ दिसम्बरः बेल्जियमका स्टार विंगर एडेन हजार्डले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे। उनको टीम बेल्जियम एक हप्ता अघि मात्र कतरमा जारी फीफा वर्ल्ड कप २०२२-बाट बाहिर भएको थियो। यस ३१ वर्षीय दिग्गज खेलाड़ीले २००८-मा केवल १७ वर्षको उमेरमा सीनियर राष्ट्रिय टीमको निम्ति पदार्पण गरेका थिए। त्यसअघि उनले बेल्जियमको अण्डर-१५, अण्डर-१६, अण्डर-१७ र अण्डर-१९ आयु वर्गको टीमबाट खेलेका थिए। राष्ट्रिय सीनियर टीमबाट उनले १२६ वटा म्याच खेलेर ३३ वटा गोल गरे। क्लब स्तरमा रियल म्याड्रिडबाट खेल्ने यस फूटबलरले बुधवार आफ्नो इन्स्टाग्राम पेजमा लेखे, आज एउटा पन्ना पल्टियो। साल २००८ पछि समस्त खुशीहरू साझा गरेकोमा धन्यवाद। मैले आफ्नो अन्तर्राष्ट्रिय करियरलाई समाप्त गर्ने फसेला गरेको छु। तपाईंहरूको कमी अनुभव हुनेछ। कतरमा जारी वर्ल्ड कपमा बेल्जियमको टीम क्रोएशिया विरुद्ध गोलरहित (०-०) ड्र पछि नक्आउट राउण्डको रेसदेखि बाहिर भएको थियो। ग्रुप चरणका म्याचहरूमा हजार्ड गोल गर्न असफल रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *