मञ्जुश्री गोल्ड कपः रेड हर्स एफसी सेमिफाइनलमा

IMG_20221207_235229.jpg

सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा रेड हर्स एफसी (इलाम, नेपाल)-ले सेमिफाइनलमा स्थान बनायो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा बुधवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा रेड हर्स एफसी-ले सिक्किम एफसी (एके)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमका बिबेक मंगरलाई प्लेयर अव् द म्याच चयन गरियो। अब १० दिसम्बरमा खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा जर्जियन एफसी, कालेबुङ र केकेएफसी (झापा,नेपाल)-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १९ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *