लाब्दामा ओपन नक्आउट फूटबल टुर्नामेण्टः ब्रदर्स युनाइटेड सजिलै विजयी

IMG_20221207_203939.jpg

राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा बुधवार ब्रदर्स युनाइटेडले आफ्नो म्याच सजिलै जीत हासिल गऱ्यो । ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा आज भएको म्याचमा ब्रदर्स युनाइटेडले तोर्योक युनाइटेडलाई ७-२-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *