गोर्खा स्पोर्टिंग क्लब विजयी

IMG_20221207_203232.jpg

युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा गोर्खा स्पोर्टिंग क्लब (नागरी)-ले रोमाञ्चक जीत हासिल गऱ्यो। नागरी फार्म खेल मैदानमा बुधवार भएको म्याचमा गोर्खा स्पोर्टिंग क्लबले सुकिया फूटबल क्लबलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। फाइनल २९ जनवरीमा हुनेछ भनी आयोजक समितिको पक्षमा सांगडुप तामाङले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *