फीफा वर्ल्ड कपः ऐतिहासिक जीतको साथ मोरक्को क्वार्टर फाइनलमा

IMG-20221207-WA0170.jpg

७ दिसम्बरः फीफा वर्ल्ड कप २०२२-मा मंगलवार राति अझ एउटा उलटफेर देख्न पाइयो। मोरक्कोले स्पेनलाई पराजित गरी वर्ल्ड कपको इतिहासमा पहिलोपल्ट क्वार्टर फाइनलमा स्थान बनायो। म्याचको नब्बे मिनटमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि अतिरिक्त समयको खेलमा पनि गोल हुन नसक्दा म्याचको नतीजा पेनल्टी शूटआउटद्वारा निकालियो। चरम दबाउबीच भएको पेनल्टी शूटआउटमा मोरक्कोले स्पेनलाई ३-०-ले पराजित गऱ्यो। मोरक्को वर्ल्ड कपको क्वार्टर फाइनलमा पुग्ने केवल चौथो अफ्रिकी टीम हो। यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०)-ले यस उपलब्धिलाई हासिल गरेको थियो। कनाडामा जन्मिएका मोरक्कोका ६ फीट ५ इञ्च अग्लो गोलकीपर यासिन बोनोले पूर्व च्याम्पियन स्पेनलाई एक गोल पनि गर्न दिएनन् अनि आफ्नो टीमलाई ऐतिहासिक जीत दिलाए। एजुकेशन सिटी स्टेडियममा ७७ प्रतिशत पोजेशनको साथ खेले पनि स्पेनिश टीमले अन्तमा बिदा लिनु पऱ्यो। पेनल्टी शूटआउटमा मोरक्कोको तर्फबाट अब्देलहामिद सबीरी, हकीम जियेच र अशरफ हकीमीले गोलीलाई नेटमा हाले जबकि बद्र बेनौन चुके। स्पेनको तर्फबाट पाब्लो सराबियाले शट् पोस्टमा लागेर फर्कियो।

यसबाहेक कार्लोस सोलेर र कप्तान सर्जियो बुस्केट्सको शट्मा मोरक्कोका गोलकीपरले असाधारण शेभ गरे। यी दुई टीमबीच यो चौथो म्याच थियो अनि मोरक्को पहिलोपल्ट स्पेनलाई पराजित गर्न सफल भयो। यसअघि स्पेनले २०१८-मा भएको वर्ल्ड कपमा पनि आयोजक देश रुस विरुद्ध पेनल्टी शूटआउटमै हारको सामना गर्नु परेको थियो। मोरक्कोले क्रोएशिया र बेल्जियमको ग्रुपबाट शीर्षमा रहेर नक्आउट राउण्डमा क्वालीफाई गरेको थियो। ग्रुप चरणमा मोरक्कोले गत संस्करणको उपविजेता क्रोएशियालाई गोलरहित ड्र (०-०)-मा रोकेको थियो भने विश्वको २ नम्बरको टीम बेल्जियमलाई २-०-ले पराजित गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *