फीफा वर्ल्ड कपः २१ वर्षीय रामोसले ह्याट्रिकले पोर्तुगल क्वार्टर फाइनलमा

photocollage_2022127134912264.jpg

७ दिसम्बरः स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोलाई बेञ्चमा राखेर म्याचको शुरुवात गर्ने प्रशिक्षक फर्नाण्डो सान्तोसको फसेला सटीक साबित गऱ्यो अनि पोर्तुगलले एकतर्फी जीतको साथ फीफा वर्ल्ड कप २०२२-को क्वार्टर फाइनलमा स्थान बनायो। रोनाल्डोको स्थानमा खेल्ने युवा खेलाड़ी गोन्सलो रामोसको ह्याट्रिकको दममा पोर्तुगलले प्री-क्वार्टर फाइनलमा स्विट्जरल्याण्डलाई ६-१-ले पराजित गऱ्यो। गत महिना पोर्तुगलको तर्फबाट पदार्पण गर्ने २१ वर्षीय रामोसले देशको तर्फबाट पहिलोपल्ट प्रथम एकादशमा स्थान बनाए अनि असाधारण प्रदर्शनको साथ सम्पूर्ण टीमको साथमा आफ्नो आदर्श रोनाल्डोको पनि मन जिते। म्याचमा रामोसले १७औं, ५१औं र ६७औं मिनटमा गोल गरे। खराब फर्ममा रहने रोनाल्डो ७२औं मिनटमा सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिए तर त्यस समय पोर्तुगलले ५-१-को बढ़तसहित जीत सुनिश्चित गरिसकेको थियो। रामोसबाहेक पोर्तुगलको तर्फबाट अनुभवी डिफेण्डर पेपेले ३३औं मिनट, राफेल गुरेइरोले ५५औं मिनट अनि राफेल लियाओले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। स्विट्जरल्याण्डको तर्फबाट म्याचको एकमात्र गोल मेनुएल अकाञ्जीले ५८औं मिनटमा गरे।
यस जीतको साथै पोर्तुगलले तेस्रोपल्ट वर्ल्ड कपको क्वार्टर फाइनलमा स्थान बनायो। टीम यसअघि १९६६ र २००६-मा अन्तिम आठमा पुगेको थियो। शनिवार खेलिने क्वार्टर फाइनलमा पोर्तुगलको भिड़न्त मोरक्कोसँग हुनेछ। मोरक्कोले अन्य एउटा म्याचमा शक्तिशाली स्पेनलाई पेनल्टी शूटआउटमा ३-०-ले पराजित गऱ्यो। अब क्वार्टर फाइनलमा पोर्तुगलका प्रशिक्षक सान्तोसले रामोसलाई नै मौका दिने या रोनाल्डोको साथ म्याचको शुरुवात गर्ने कठिन फसेला लिनु पर्नेछ। रोनाल्डो अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोल गर्ने अनि खेलका महानतम् खेलाड़ीहरूमा एक हुन्। मंगलवार राति लुसैल स्टेडियममा मैदानमा ओर्लिएपछि रोनाल्डोले केही असल मूभहरू बनाए। उनले स्विट्जरल्याण्डका गोलकीपर यान सोमेरलाई परास्त गरी गोल पनि गरेका थिए तर त्यसलाई अफ् साइड घोषित गरियो। उल्लेखनीय छ, रोनाल्डोले २००३-मा पोर्तुगलको निम्ति पदार्पण गर्दा रामोस केवल 2 सालका थिए। यसपाली रामोसले वर्ल्ड कपमा ह्याट्रिकको साथ सबैको ध्यान आकर्षित गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *