नेपाली लघु चलचित्र सारथी-को छायाङकनको समापन

IMG-20221206-WA0409.jpg

नामथाङ: सिक्किम चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्माले आज नामथाङ-रातेपानी समष्टिअन्तर्गत तुरुङ मैदानमा सारथी फिल्म छायाङकनको समापन कार्यक्रममा सहभागिता जनाइन्। यस लघु चलचित्र सारथी संस्था र सिक्किम फिल्म प्रमोशन बोर्डको सहयोग रहेको छ भने सिक्किमको रेन प्रोडक्सन र नेपालको दर्शन प्रोडक्सनको सहकार्यमा निर्माण भएको छ। लोकप्रिय प्रेम गीत-२-का निर्देशक रामशरण पाठकले यस फिल्मको निर्देशन गरेका छन् भने सिङतामका रोशनी घिमिरे र जिरमी राई मुख्य भूमिकामा रहेका छन्।

कार्यक्रममा अध्यक्ष शर्माले फिल्मका सम्पूर्ण टोलीसँग भेट गरेर कुराकानी गरिन्। यस पहलको निम्ति मुख्य भूमिका निर्वाह गर्ने साथै सारथीका मुख्य शोधवक्ता रोहितराज महाराजप्रति शर्माले धन्यवाद दिइन्। योसँगै उनले सम्पूर्ण सारथी टोलीलाई धन्यवाद दिइन्।

जानकारी गराइन्छ, मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा सारथी संगठनले सिक्किम राज्यलाई नशामुक्त राज्यको रूपमा निर्माण गर्न निरन्तर रूपमा कार्य गर्दै आइरहेको छ। योसँगै राष्ट्रव्यापी रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा नशामुक्त भारत अभियानलाई पनि सारथीले समर्थन गर्दै आइरहेको छ। विभिन्न कुराहरूबाट सारथीले नशाविरुद्ध अभियान चलाउँदै आइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *