लङ भ्यू कमानको श्रमिकले दुइ दिनभित्र पैसा नपाए कमान अनित थापाले आफ्नो हातमा लिने चेताउनी

IMG-20221206-WA0234.jpg

दार्जिलिङ: जिटिए चीफ अनित थापाले लङभ्यु चियाकमानको श्रमिकको हितार्थ बोल्दै भने कि “दुई दिन भित्रमा लङ भ्यू कमानको श्रमिकले पैसा पाएन भने तेस्रो दिनमा म कमानलाई आफनो हातमा लिनेछु।” बन्सल कम्पनी अधिनस्थ लङ भ्यू कमान आजसम्म खोलिएको छैन। श्रमिकहरुलाई मालिकले अझ सम्म रहल पैसा भुक्तान गरेका छैनन्। कमानको समस्या समाधान गर्ने हेतुले जी टी ए प्रमुख कार्यपाल अनित थापाले आज कमान पुगेर श्रमिकहरु अनि म्यानेजर संग बैठक बसे।उनले श्रमिकहरुलाई पुलिस थानामा गएर मालिक अनि म्यानेजर विरूद्ध एफ आई आर दर्ता गराउन सम्म सल्लाह दिए।पहिला पनि मालिकहरूले समस्या समाधान गर्नु खोजेको जस्तो गर्दो रहेछ। पहिला झुक्किए। अब म झुक्किनेवाला छुईन भन्दै उनले थप भने, “म्यानेजरको कारण नै श्रमिकहरुले दुःख पाइरहेका छन्। म्यानेजरहरुले आफ्नो वेतन पाई नै रहेका छन् । त्यसैले उनीहरू कमानमा बस्छन। उनीहरू बसे पछि श्रमिकहरुलाई अड्काएर राख्छन।”

उनले म्यानेजरलाई अपील गर्दै भने, “यदि म्यानेजर कमानमा नबसी दिए अरु निर्णय लिनु सकिन्थ्यो। मालिकले भन्दा पनि म्यानेजरहरुको कारण श्रमिकहरुले दुःख पाई रहेका छन। म अपील गर्छु म्यानेजरहरुले कमान छोडेर गई दिनुहोस्। म्यानेजर अनि मालिक दुवै कमानमा रहेनन् भने कमानको निम्ति हामी नयाँ मालिक खोज्नु सक्छौ।”उनले चेताउनि दिँदै भने, “श्रमिकलाई केही दिनु नै सक्नु हुन्न भने किन् बस्नु? दुई दिन भित्रमा श्रमिकको पैसाको भुक्तान भएन भने तेस्रो दिनमा म कमान आफ्नो हात मा लिनेछु। जब सम्म १ करोड पैसाको भुक्तान हुँदैन तब सम्म म छोडने छुईन। यत्रो जी टी ए त चलाई रहेको छु भने एउटा कमान चलाउनु कुन ठूलो कुरा हो। लङ भ्यू कमान चलाउनु थुप्रै नयाँ मालिकहरु तयार छन्।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *