फीफा वर्ल्ड कपः रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा पुग्यो क्रोएशिया

IMG-20221206-WA0130.jpg

६ दिसम्बरः पेनल्टी शूटआउटमा रोमाञ्चक जीतको साथ क्रोएशियाले फीफा वर्ल्ड कप २०२२-को क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार राति खेलिएको राउण्ड अव् सिक्स्टीन (१६)-को म्याचमा क्रोएशियाले लड़ाकू जापानलाई पेनल्टी शूटआउटमा ३-१-ले पराजित गऱ्यो। म्याचमा एक समय त जापान अघि रहेको थियो तर क्रोएशियाले पनि असाधारण प्रदर्शन गर्दै अन्तमा जीत हासिल गऱ्यो। क्रोएशियाको यस जीतमा गोलकीपर लिवाकोविच नायक रहे, जसले पेनल्टी शुटआउटमा जापानको तीनवटा प्रयासलाई रोकेर टीमको जीत सुनिश्चित गरे। अल जानौब स्टेडियममा ४१ प्रतिशत पोजेशनको साथ खेल्दै जापानले मध्यान्तरको ठीक अघि बढ़त हासिल गऱ्यो। डाइजेन मेडाले ४३औं मिनटमा गोल गरे। त्यसपछि क्रोएशियाले पनि बराबरी हासिल गर्न अधिक समय लगाएन।

अनुभवी इभान पेरिसिचले ५५औं मिनटमा दर्शनीय गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि नियमित नब्बे मिनटको खेलमा थप गोल हुन सकेन। त्यसपछि १५-१५ मिनटको दुई हाफमा अतिरिक्त समयको खेल भयो तर त्यसमा पनि गोल हुन नसक्दा म्याचको छलफल पेनल्टी शूटआउटद्वारा गरियो। वर्ल्ड कपमा भएको पेनल्टी शूटआउटमा यो क्रोएशियाको लगातार तेस्रो जीत हो।

यसअघि टीमले डेनमार्क र रशिया (२०१८) विरुद्ध पनि पेनल्टी शूटआउटमा जीत हासिल गरेको थइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *