टिंगलिंगमा च्याम्पियन्स कपः धुसेनी एफसी क्वार्टर फाइनलमा

IMG_20221206_124507.jpg

६ दिसम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार प्री-क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा धुसेनी एफसी-ले आरजीएफसी पानीघट्टालाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दिपेशले ३९औं, निखिलले २१औं र दिवाकरले ४७औं मिनटमा गोल गरे। यसरी नै आरजीएफसी पानीघट्टाबाट सोनम राईले १९औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *