एक परिचयात्मक एवं प्रेरण कार्यक्रम आयोजना

IMG_20221205_234936.jpg

नाम्ची: आज नाम्ची जिल्ला पञ्चायत भवनको सम्मेलन हलमा नवनिर्वाचित जिल्ला पञ्चायतहरूलाई लिएर एक परिचयात्मक एवं प्रेरण कार्यक्रम आयोजना गरियो। जिल्ला अध्यक्ष अन्जिता राजालिमको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष विकास तामाङ, जिल्लापाल एम. भारणी कुमार, डीपीओ कारजङ डी. लासोपा तथा अन्यहरू उपस्थित थिए।

कार्यक्रममा आफ्नो सम्बोधन राख्दै जिल्ला अध्यक्ष राजालिमले हालैमा सम्पन्न भएको पञ्चायत चुनाउमा विजय बनेकोमा सबै जिल्ला पञ्चायतहरूलाई बधाई दिइन्। उनले तृणमूल स्तरको विकास सुनिश्चित गर्न स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले जन कार्यहरूको सही कार्यान्वयनका लागि निर्वाचित जन प्रतिनिधिहरू र विभागीय अधिकारीहरूबिच समन्वयमाथि बल दिइन्।

यसै गरी, उपाध्यक्ष बिकास तामाङले जिल्ला पञ्चायतमा सफल परिणामका लागि उचित बजेट र योजनामाथि बल दिए।

जिल्लापाल कुमारले पञ्चायति राज प्रणालीको महत्वमाथि बोल्दै १५औं र ५औं वित्त आयोगका दिशानिर्देश र अन्य नियमहरूबारे जानकारी गराए। उनले निर्वाचित जन प्रतिनिधिहरूलाई आफ्नो अनुभवको प्रयोग कल्याण पहलहरू र ग्रामीण क्षेत्रको विकासका लागि गर्न आह्वान गरे।

कार्यक्रममा डीपीओ लासोपाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा जिल्ला पञ्चायतहरू र विभागीय अधिकारीहरूबिच अन्तरक्रिया सत्र पनि सम्पन्न गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *