सिलगढ़ी प्रीमियर लीगः देशबन्धु स्पोर्टिंग युनियन सेमिफाइनलमा

IMG-20221205-WA0280.jpg

५ दिसम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा देशबन्धु स्पोर्टिंग युनियन (डीएसयू)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। कञ्चनजंघा स्टेडियममा सोमवार भएको म्याचमा ग्रुप चरणको अन्तिम म्याचमा डीएसयू-ले विवेकानन्द क्लब (भीएनसी)-लाई ४-३-ले पराजित गऱ्यो । विजेता टीमबाट प्रसनजीत मिध्ये दासले ११औं, सौरभ तामाङले ५२औं, सुबन सूत्रधर (इला)-ले ५६औं र सनातन कर्मकारले ६५औं मिनटमा गोल गरे। यसरी नै भीएनसी-बाट सोनम लेप्चाले १७औं, एण्टोनी छेत्रीले २५औं र सुप्रिय पण्डितले ७६औं मिनटमा गोल गरे। विजेता टीमका स्ट्राईकर सौरभ तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने पहिलो सेमिफाइनलमा डीएसयू र महानन्दा स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यसरी नै शुक्रवार दोस्रो सेमिफाइनलमा आठेरोखाई सरोजनी संघले गत सीजनको च्याम्पियन यंग मेन्स एसोसिएशनको चुनौती स्वीकार्नेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *