अर्जुन प्रधान अभिनन्दन ग्रन्थको लोकार्पण

17-11-53-PUST.jpg

नागरी: नागरी फार्म स्रष्टा परिवारको तत्वावधानमा वरिष्ठ साहित्यकार अर्जुन प्रधान अभिनन्दन ग्रन्थ आज लोकार्पण गरियो। सीडी बान्तावाको अध्यक्षतामा स्थानीय सार्वजानिक भवनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिद्वय जीटीए सभा अध्यक्ष अञ्जुल चौहान अनि जन सम्पर्क अधिकारी एसपी शर्माको विशेष उपस्थिति थियो। डुवर्स, सिलगढ़ी तथा दार्जिलिङका विभिन्न क्षेत्रका साहित्यकार, स्रष्टा सर्जक तथा गणमान्य विशिष्ठ व्यक्तित्वहरूको आतिथ्यमा सम्पन्न कार्यक्रमलाई एसबी राईले सञ्चालन गरेका थिए। सोनु राई तथा अन्यले साङ्गीतिक प्रस्तुती दिएको कार्यक्रममा कृतिका प्रधान, किशन प्रधान, शिक्षक भूपाल सुब्बा तथा अन्यले सम्बोधन गरेका थिए। यसैबीच कार्यक्रममा गिरी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार अर्जुन प्रधान, जीटीए सभा अध्यक्ष अञ्जुल चौहान सहित चारजनालाई संवर्द्धना जनाइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *