फीफा वर्ल्ड कपः फ्रान्ससँग जुझ्न क्वार्टर फाइनलमा पुग्यो ईंग्ल्याण्ड

IMG-20221205-WA0133.jpg

५ दिसम्बरः ईंग्ल्याण्डले अझ एउटा प्रभावशाली प्रदर्शनको साथ फीफा वर्ल्ड कप २०२२-को क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार अबेर राति खेलिएको म्याचमा ईंग्ल्याण्डले अफ्रिकी देश सेनेगललाई ३-०-ले पराजित गऱ्यो। म्याचमा ईंग्ल्याण्डको तर्फबाट कप्तान ह्यारी केन, उपकप्तान जोर्डन हेण्डरसन र युवा स्ट्राईकर बुकायो शाकाले १-१ गोल गरे। ईंग्ल्याण्डले अब वर्ल्ड कपको क्वार्टर फाइनलमा गत च्याम्पियन फ्रान्सको चुनौती स्वीकार्नेछ। ईंग्ल्याण्डको टीम वर्ल्ड कपको इतिहासमा दशौंपल्ट क्वार्टर फाइनलमा पुग्यो। रुसमा भएको गत संस्करणमा उनीहरू चौथो स्थानमा रहेका थिए।

अल बायेत स्टेडियममा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने ईंग्ल्याण्डले शुरुदेखि नै सेनेगलमाथि दबाउ सृष्टि गऱ्यो। ईंग्ल्याण्डलाई म्याचको पहिलो गोल हेण्डरसनले दिलाए। उनले जूड बेलिंघमको पासमा ३८औं मिनटमा गोल गरे। त्यसपछि मध्यान्तरको ठीक अघि कप्तान ह्यारी केनले पनि स्कोरशीटमा आफ्नो नाम दर्ता गरे। केनले फिल फोडेनको पासमा स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। यो उनको कतरमा जारी वर्ल्ड कपमा पहिलो अनि वर्ल्ड कपको इतिहासमा समग्रमा सातौं गोल गरे। यसरी हाफ टाइमसम्म ईंग्ल्याण्डको टीम २-०-ले अघि थियो। खेलको दोस्रो हाफमा पनि ईंग्ल्याण्डले आक्रामक फूटबल खेल्न जारी राख्यो अनि ५७औं मिनटमा बुकायो शाकाले फोडेनकै पासमा टीमको निम्ति तेस्रो गोल गरे। यस वर्ल्ड कपमा शाकाको यो तेस्रो गोल हो। यसरी ईंग्ल्याण्डलाई म्याच ३-०-ले जित्न कुनै असुविधा भएन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *