ईरानमा हिजाबविरुद्धको आन्दोलनमा सरकार बन्यो लचिलो   

00-Hijab

तेहरान: ईरान सरकारले हिजाब कानूनविरूद्ध सडकमा उत्रिएको जनताको आक्रोश समक्ष अन्ततः घुँडा टेकेको छ। आन्दोलन अगाडि सरकार नरम अडान लिन बाध्य बनेको छ। ईरानले गत दुई महिनादेखि जारी धरना, प्रदर्शन र आन्दोलनमा सयौं मानिसहरूले ज्यान गुमाइसकेका छन्। मानिसहरू सडकमा छन्। प्रदर्शनी गर्नेहरूमाथि सुरक्षाबलले अत्याचार गरिरहेको छ। हिजाब कानून जबरजस्ती लागू गर्न ईरान सरकारले कुनै कसर बाकी छोडेको छैन। तर, अब सरकार हिजाब कानूनमाथि विचार गर्न तयार भएको छ। अटर्नी जेनरलले भने, ‘ईरानको संसद र न्यायपालिकाले हिजाबलाई अनिवार्य बनाउने कानूनमाथि समीक्षा गरिरहेको छ।’ यस कानूनमा महिलाहरूले आफ्नो टाउको छोप्नु पर्ने अनिवार्यता रहेको छ। विश्वव्यापी आलोचनाका कारण डराएको ईरान सरकारले आन्दोलनलाई शान्त बनाउन यस कानूनमा परिवर्तन गर्न सक्ने सम्भावना देखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *