सिलगढ़ीमा पुनर्निर्मित एसएनटी अतिथिगृहको मन्त्री शेर्पाद्वारा उद्घाटन

IMG-20221204-WA0430.jpg

गान्तोक: छिमेकी राज्य पश्चिम बङ्गालको सिलीगुडी शहरको एसएनटी परिसरमा पुनर्निर्मित अतिथिगृहको सिक्किम सरकारका परिवहन मन्त्री एमएन शेर्पाले आज विधिवत उद्घाटन गरे। गत वर्ष २००६ मा निर्मित यो अतिथि जीर्ण अवस्थामा पुगेको थियो जसलाई राज्य सरकारले जिर्णोद्धार गरेको छ। अतिगृहमा सुविधायुक्त पाँचवटा भीआईपी कोठा सहित कूल 9 वटा कोठाहरू रहेको छ।

उद्घाटन पछि मन्त्री शेर्पाले अतिथि गृहलाई विभागको निगरानीमा लिज आउट् गरिने जानकारी दिए। यसमा एउटा कोठा भीआईपीको निम्ति सुरक्षित राखेर अन्य कोठाहरू सिक्किमका स्थानीय जनता र बिरामीहरूलाई न्यूनतम शुल्कमा सार्वजनिक रूपमा प्रयोग गर्न अनुमति दिइने मन्त्रीले जानकारी गराए। सिक्किमका जनताहरू प्रायः सिलीगुडीमा आवतजावत गरिरहने र राज्य बाहिर बिरामीहरू रेफर हुँदा पनि सिलीगुडी हुँदै अन्य अस्पतालहरूमा लगिने भएकोले जनताको आवास सुविधालाई मध्यनजर गरेर सिक्किम सरकार र सम्बन्धित विभागले यस गृहलाई पुनर्निर्माण गरी सिक्किमका स्थानीय नागरिकहरूका निम्ति हस्तान्तरण गरेको हो। सिलीगुडीमा बस्नुपर्दा अधिक खर्च गरिनुपर्ने अवस्था थियो भने अबोप्रान्त यस गृहमा न्यूनतम शुल्क तिरेर सिक्किमे नागरिकहरूले सुविधा लिन सक्ने भएका छन्। यसले सर्वसाधारणको खर्चमा पनि केही कटौती गर्न सहयोग पुर्‍याउनेछ भने सबै प्रकारको सुविधायुक्त अतिथि गृहमा उनीहरू बस्न सक्नेछन्।

आजको उत्घाटन कार्यक्रममा सिलिगुडी यातायातमा कार्यरत उत्कृष्ट चालक साथै अन्य कर्मचारीहरुलाई उनीहरुले पुर्‍याएको सेवा र सहयोगको कदर गर्दै प्रशस्ति पत्रले सम्मान गर्दै केही नगद राशि प्रदान गरियो। कार्यक्रममा मन्त्रीको साथमा विभागीय सल्लाकार एसटी भोटिया,सचिव राज यादव,जीएम मनिस प्रधान,संयुक्त प्रबन्धक भूपेन्द्र छेत्री साथै अन्य विभागीय कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *