इन्डोनेसियामा फेरि शक्तिशाली भूकम्प

Earthquake-copy

जकार्ता: इन्डोनेसियाको पश्चिमी जाभा क्षेत्रमा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का यति शक्तिशाली हुँदा पहिलेदेखि नै आत्तिएका मानिसहरु घरबाहिर निस्केका थिए। इन्डोनेसियाको सरकारी एजेन्सी बीएमकेजीले मानवीय वा सम्पत्तिको क्षतिको कुनै रिपोर्ट नआएको तर अवस्थाको अनुगमन भइरहेको जनाएको छ। भूकम्पपछि सुनामीको सम्भावना नरहेको एजेन्सीले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट करिब २ सय किलोमिटर टाढा महसुस गरिएको थियो। यसअघि २१ नोभेम्बरमा गएको भूकम्पमा झण्डै तीन सयजनाको ज्यान गएको थियो। यस भूकम्पका कारण सबैभन्दा बढी क्षति जाभाको हिन्दू क्षेत्रमा देखिएको छ।

इन्डोनेसियाको प्रकोप एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहरीले गारुत शहरमा एकजना घाइते भएको र चार घरमा क्षति पुगेको बताए। पश्चिम जाभाका अन्य शहर र शहरका केही बासिन्दाहरूले सामाजिक सञ्जालमा भूकम्पको धक्का महसुस गरेको बताएका छन्। पश्चिमी जाभा प्रान्तको राजधानी बान्डुङ्गका एक प्रत्यक्षदर्शीले भूकम्पको धक्का यति शक्तिशाली भएकोले एउटा होटलका पाहुनाहरू भवनबाट बाहिर निस्केको बताए। अवस्था सामान्य भएपछि उनीहरु भित्र फर्किए। गत महिना पश्चिमी जाभाको सियानजुरमा ५.६ म्याग्निच्युडको हल्का भूकम्प गएको थियो, जसमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। बीएनपीबी प्रमुख सुहर्यान्तोले स्थानीय समाचार च्यानल मेट्रो टिभीलाई भनेअनुसार अधिकारीहरूले शनिबार भूकम्पको केन्द्र नजिकका अन्य ठाउँहरूमा पनि अनुसन्धान गरिरहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *