फीफा वर्ल्ड कपः बेल्जियमपछि चारपल्टको च्याम्पियन जर्मनी पनि बाहिर, जापान र स्पेन राउण्ड अव् १६-मा

IMG-20221202-WA0072.jpg

२ दिसम्बरः चारपल्टको च्याम्पियन जर्मनी फीफा वर्ल्ड कप २०२२-बाट बाहिर भयो। बिहीवार अबेर राति खेलिएको ग्रुप ई-को आफ्नो अन्तिमम्याचमा जर्मनीले कोस्टा रिकालाई ४-२-ले पराजित गऱ्यो तर गोल अन्तरको आधारमा टीम स्पेनभन्दा पछि रह्यो। ग्रुप चरणको समापनपछि जर्मनी र स्पेनको ४-४ पोइण्ट पुग्यो तर गोल अन्तरको आधारमा स्पेनिश टीम दोस्रो स्थानमा रहेर नक्आउट राउण्डमा पुग्यो। ग्रुप ई-बाट जापान र स्पेनले नक्आउट राउण्डमा स्थान बनायो। जापानले फेरि एकपल्ट असाधारण प्रदर्शन गर्दै स्पेन विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। जापान ३ वटा म्याचमा ६ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा रह्यो।

अल बायत स्टेडियममा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन टीमबाट काई हावेर्त्जले ७३औं र ८५औं मिनटमा २ गोल गरे। यसबाहेक सर्जे ग्नाब्रीले १०औं र निकलास फुलक्रूगले ८९औं मिनटमा गोल गरे। यसरी नै कोस्टा रिकाबाट येल्त्सिन तेजेदाले 58औं मिनटमा गोल गरे। यसबाहेक जर्मन गोलकीपर मेनुएल नुएरले ७०औं मिनटमा आफ्नै नेटमा गोली हाल्दा टीमलाई दोस्रो गोल हासिल भयो। जर्मनी यसअघि रुसमा खेलिएको वर्ल्ड कपमा पनि नक्आउट राउण्डमा पुग्न असफल भएको थियो। यसरी नै जापानले खलिफा इण्टरनेशनल स्टेडियममा केवल १७ प्रतिशत पोजेशनको साथ खेल्दै पनि स्पेनको चुनौतीलाई किनारा लगायो। जापानबाट रित्सु डोआनले ४८औं र एओ टानाकाले ५१औं मिनटमा गोल गरे। यसरी नै स्पेनबाट अल्वारो मोराटाले ११औं मिनटमा गोल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *