सेलेसियन कलेज सिलगढ़ी विजयी

IMG_20221201_190823.jpg

१ दिसम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको सेलेसियन कलेजले एकतर्फी जीत हासिल गऱ्यो। कालीझोड़ा फूटबल मैदानमा बिहीवार भएको म्याचमा सेलेसियन कलेजले जरायोटार पीपी बोइज (पन्बु)-लाई ८-२-ले पराजित गऱ्यो। विजेता टीमबाट रिषिले ४ अनि सुनित गुरुङले २ गोल गरे। यसबाहेक जीडी र पूजनले १-१ गोल गरे। यसरी नै जरायोटार पीपी बोइजबाट प्रकाश थापा र अनिल राईले गोल गरे। शुक्रवार खेलिने म्याचमा युनाइटेड सिक्किम फूटबल क्लब र सिटोंग एफसी-बीच भिड़न्त हुनेछ। यसको साथमा भोलिदेखि भेटरन्स टुर्नामेण्टको पनि आयोजन गरिनेछ। पहिलो म्याचमा मनजीत इलेभेन (सिलगढ़ी) र ओदलाबारी भेटरन्स क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *