फीफा वर्ल्ड कपः अर्जेण्टिना र पोल्याण्ड नक्आउट राउण्डमा

IMG-20221201-WA0105.jpg

१ दिसम्बरः अर्जेण्टिनाले ग्रुप चरणको अन्तिम म्याचमा पोल्याण्डलाई २-०-ले पराजित गऱ्यो। यस जीतको साथै लियोनल मेस्सीको अगुवाईमा रहने अर्जेण्टिनाले फीफा वर्ल्ड कपको नक्आउट राउण्डमा स्थान बनायो। चरम प्रतिस्पर्धी ग्रुप सी-मा ६ पोइण्टको साथ अर्जेण्टिना शीर्ष स्थानमा रह्यो। यसरी नै अर्जेण्टिना विरुद्ध पराजित भएर पनि पोल्याण्ड ४ पोइण्टको साथ गोल अन्तरको आधारमा नक्आउट राउण्डमा पुग्यो। बुधवार अबेर राति खेलिएको अन्य एउटा म्याचमा मेक्सिकोले सऊदी अरबलाई २-१-ले पराजित गऱ्यो। यस जीतपछि मेक्सिकोको पनि ४ पोइण्ट पुग्यो तर गोल अन्तरको आधारमा टीम ग्रुपको तेस्रो स्थानमा रहन पुग्यो।

नक्आउट राउण्डमा पुग्नको निम्ति जित्नै पर्ने यस म्याचमा अर्जेण्टिनाले ७४ प्रतिशत पोजेशनको साथ शुरुदेखि नै पोल्याण्डलाई चेपारोमा पाऱ्यो। अर्जेण्टिनाले मध्यान्तर अघि बढ़त हासिल गर्ने सुनौलो मौका पाएको थियो तर मेस्सीले पेनल्टीबाट गोल गर्न सकेनन्। यसरी पहिलो हाफको खेलमा कुनै गोल हुन सकेन। दोस्रो हाफमा पनि अर्जेण्टिना हावी रह्यो अनि एलेक्सिस म्याक एलिस्टरले ४६औं मिनटमा गोल गरी आफ्नो टीमलाई १-०-को बढ़त दिलाए। त्यसपछि लेफ्ट विंगर जूलियन अल्वारेजले ६७औं मिनटमा अझ एक गोल गरी अर्जेण्टिनालाई २-०-ले जीत दिलाए।

यसरी नै अर्जेण्टिना विरुद्ध ऐतिहासिक जीतको साथ वर्ल्ड कपमा अभियान शुरु गर्ने सऊदी अरबले मेक्सिको विरुद्ध २-१-ले हारको सामना गर्नु पऱ्यो। लुसैल स्टेडियममा खेलिएको यस म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने मेक्सिकोबाट हेनरी मार्टिनले ४७औं र लुइस चाभेजले ५२औं मिनटमा गोल गरे। यसरी नै सऊदी अरबबाट सालेम अलदावसारीले स्टपेज टाइमको पाँचौं मिनटमा १ गोल गरे। सऊदी अरब ३ पोइण्टको साथ ग्रुपको फेदमा रह्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *