राज्यमा पहिलोपल्ट रञ्जी ट्रफी प्रतियोगिता आयोजना हुने

IMG-20221130-WA0342.jpg

गान्तोक: सिक्किमको इतिहासमा पहिलोपटक यहाँको माइनिङ क्रिकेट मैदानलाई रञ्जी ट्रफीको निम्ति स्वीकृति प्राप्त भएको छ। १३ दिसम्बर २०२२-देखि शुरु हुने रञ्जी ट्रफीको निम्ति माइनिङ क्रिकेट मैदानलाई स्वीकृति प्राप्त भएको हो। यस कुरालाई ध्यानमा राख्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले हिजो मंगलवार उक्त मैदानको स्थलगत निरीक्षण गरे। यस अवधि उनीसँग सिक्किम क्रिकेट एसोसिएशनका महासचिव छेवाङ लामा लगायत अन्य अधिकारीहरू साथमा रहेका थिए। निरीक्षण अवधि उनले त्यहाँको पीचको अवस्था साथै मैदानको विस्तृत जानकारी लिने कार्य गरे। अन्तरराष्ट्रिय स्तरको ९ पीचहरू यहाँ पहिलै नै रहेको अनि यस मैदानको आकार नयाँ दिल्लीको फिरोजशाह कोटला स्टेडियमको आकारभन्दा ठूलो रहेको सिक्किम क्रिकेट एसोसिएशनका अधिकारीहरूले खालिङलाई जानकारी गराए।

जानकारी गराइन्छ, हालै बीसीसीआईको प्राविधिक टोलीले माइनिङ क्रिकेट ग्राउण्डको भ्रमण गरेको थियो। यस भ्रमणपछि नै यस मैदानलाई रञ्जी ट्रफीको निम्ति स्वीकृति प्राप्त भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा यो एक महत्वपूर्ण उपलब्धि रहेको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले मन्तव्य पोखेका छन्। बीसीसीआईले खेलाडीहरुका लागि इण्डोर स्विमिङ पुल सुविधा र अन्तर्राष्ट्रिय स्तरको तालिम सुविधा निर्माण गर्न पनि स्वीकृति दिएको छ जुन अहिले माइनिङ क्रिकेट मैदान नजिकै निर्माण भइरहेको छ। यस उपलब्धिले राज्यका आउँदो प्रतिभाहरूलाई धेरै फाइदा पुग्ने खालिङले विचार पोखेका छन्। यस महत उपलब्धिको निम्ति उनले सम्पूर्ण सिक्किमेली जनसमुदायको पक्षबाट राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *