सिलगढ़ी प्रीमियर लीगः सिलगढ़ी बान्धव संघ विजयी

IMG-20221130-WA0278.jpg

३० नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी बान्धव संघले सेमिफाइनलमा खेल्ने आशालाई जीवित राख्यो। कञ्चनजंघा स्टेडियममा बुधवार भएको म्याचमा सिलगढ़ी बान्धव संघले सिलगढ़ी किशोर संघलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिश राईले ५८औं र विशाल हार्जनले ८१औं मिनटमा गोल गरे। यसरी नै किशोर संघबाट एमडी रशिद आलमले २०औं मिनटमा गोल गरे। विजेता टीमका सायन घोषलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने म्याचमा विवेकानन्द क्लब र सिलगढ़ी उल्का क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १ वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *