अब रहेनन् बलिवुडका दिग्गज अभिनेता विक्रम गोखले  

00-Vikram-Gokhle-1

मुम्बई: बलिउडका चर्चित अभिनेता विक्रम गोखलेको निधन भएको छ। यी दिग्गज कलाकार लामो समयदेखि बिरामी थिए। पछिल्लो १५ दिनदेखि उनको पुणेको ठूलो अस्पतालमा उपचार भइरहेको थियो। ७७ वर्षको उमेरमा विक्रम गोखलेले यस संसारलाई बिदा दिए। केही दिन अघि मात्र चलचित्र तथा टिभीकी दिग्गज अभिनेत्री तबस्सुम गोभिलको निधन भएको थियो। उनको निधनको शोकबाट बलिउड अझै निको हुनसकेको छैन, यस्तो अवस्थामा विक्रम गोखलेको निधनको खबरले चलचित्र क्षेत्र र फ्यानहरुमा गहिरो शोकको लहर छाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *