गायक तथा संगीतकार गणेशकुमार घिसिङलाई विभागबाट सम्मानसहित बिदाई

IMG-20221126-WA0178.jpg

खरसाङ: गायक तथा संगीतकार गणेशकुमार घिसिङलाई सम्मानसहित बिदाई दिइएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागद्वारा उनलाई बिदाई दिइएको छ। सन् २००२ सालदेखि सूचना अनि सांस्कृतिक विभागमा एकजना संगीतकारको रूपमा कार्यरत गायक, संगीतकार गणेशकुमार घिसिङलाई विभागीय रुपमा सम्मानसहित बिदाई दिइएको छ। उनको बिदाईको लागि सूचना अनि सांस्कृतिक विभागको खरसाङको गिध्द पहाड़स्थित कार्यालयमा एक बिदाई समारोह आयोजना गरिएको थियो। उक्त बिदाई समारोहमा सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक भुपेन्द्रकान्त घिसिङ लगायत अन्यहरू उपस्थित रहेका थिए। सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा विभागको कलाकारहरूले गणेशकुमार घिसिङकै शब्द र संगीतमा रहेको गीत प्रस्तुत गरेका थिए। यस अवसरमा गणेशकुमार घिसिङलाई सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट टोपी पहिराएर, दोसल्ला ओढाएर उपहार पनि प्रदान गरी सम्मान जनाइएको थियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग दार्जिलिङको पक्षबाट पनि उनलाई सम्मान जनाइएको थियो। यस विभागको सह निर्देशक भुपेन्द्रकान्त घिसिङले गणेशकुमार घिसिङको शब्दमा रहेको गीत सुनेर अवाक बनेको बताउँदै यस्तो कलाकारलाई हामीले चिन्न सकेनौं रहेछौं र यस्ता कलाकारलाई जिउँदो राख्न हो भने उनलाई छोड्नु हुन्न् अनि उनको गीतहरूलाई समेटेर एल्बम प्रकाशित गर्नु पर्ने साथै कुनै कार्यक्रममा उनको एउटा गीत चाहिँ अनिवार्य रूपमा गाउनु पर्ने कुरालाई प्राथमिकता दिए। उनले गणेशकुमार घिसिङको प्रत्येक कृतिलाई संरक्षण र सम्बर्ध्दन गरिनु पर्ने सुझाव पनि दिएका छन्। आफ्नो बिदाई समारोहमा बोल्दै गणेशकुमार घिसिङले कार्यालयबाट बिदा लिए पनि समय पाएको बेलामा संगीत सिकाउन अवश्य पनि आउने वचन दिएका छन्। उनले आफु घरमा रहेर पनि गीतहरू लेखेर विभागमा पठाउने पनि वचन दिन्दै घिसिङले सदैव विभागलाई साथ र सहयोग दिने वचन दिएका छन्। कार्यक्रममा जीटीए सूचना अनि सांस्कृतिक विभाग दार्जिलिङको मुख्यालय गोर्खा रंगमञ्च भवनबाट पनि प्रबन्धक दिपक गहतराज पनि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *