लाब्दामा हुने ओपन नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी

IMG-20221125-WA0112.jpg

२५ नोभेम्बरः राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को आयोजनमा ओपन हुने नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को क्रीड़ासूची जारी गरियो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा हुने यस टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिनेछ। १ दिसम्बरको दिन खेलिने उद्घाटन म्याचमा वाईबीसी मंगपू र लाटपञ्चरबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *