टिंगलिंगमा च्याम्पियन्स कपः पोटांग एफसी विजयी

IMG_20221125_112019.jpg

२५ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार दोस्रो राउण्डको एउटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको पहिलो म्याचमा पोटांग एफसी-ले खोप्रेल एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट शेराप तामाङले ३१औं र ४४औं मिनटमा २ गोल गरे। यसरी नै खोप्रेल एफसी-बाट बीकूले ६८औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *