फीफा वर्ल्ड कपः रिचार्लिसनको २ गोलले ब्राजीलको जीत

IMG-20221125-WA0097.jpg

२५ नोभेम्बरः कतरमा जारी फीफा वर्ल्ड कप २०२२-मा ब्राजीलले सर्बियालाई २-०-ले पराजित गऱ्यो। यसको साथै ब्राजीलले गत २० संस्करणदेखि आफ्नो ओपनिंग म्याच नहार्ने रेकर्डलाई पनि कायम राख्यो। ब्राजीलले अन्तिमपल्ट १९३४-मा भएको वर्ल्ड कपको ओपनिंग म्याचमा स्पेन विरुद्ध ३-१-ले हारको सामना गर्नु परेको थियो। लुसैल स्टेडियममा अबेर राति खेलिएको खेलिएको ग्रुप जी-को यस म्याचमा रिचार्लिसनले मैदान थर्काए। टोटनह्याम हट्स्परका यस खेलाड़ीले ब्राजीललाई म्याचको दुवै गोल दिलाए। म्याचको पहिलो हाफमा ब्राजीलको शक्तिशाली आक्रमण पंक्तिलाई सर्बियाई डिफेन्सले असल तरिकाले सम्हाल्यो। यसैकारण मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीललाई सर्बियाई खेलाड़ीहरूले अधिक समयसम्म चाहिँ रोकेर राख्न सकेनन्। रिचार्लिसनले ६२औं मिनटमा फुर्तिको साथ गोल गरी ब्राजीललाई बढ़त दिलाए। ब्राजीलका स्ट्राईकरले ११ मिनटपछि अझ एउटा गोल गरी सर्बियाको चुनौतीलाई समाप्त गरे। रिचार्लिसनले ७३औं मिनटमा दर्शनीय भलीद्वारा आफ्नो अनि टीमको दोस्रो गोल गरे। म्याचको रहल समयमा दुवै टीमले गोल गर्ने प्रयास जारी राखे पनि थप गोल हुन सकेन। यस जीतको साथै ब्राजील ३ पोइण्टको साथ ग्रुप जी-को शीर्ष स्थानमा पुग्यो। यस ग्रुपमा क्यामरुन र स्विट्जरल्याण्ड पनि रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *