फीफा वर्ल्ड कपः पोर्तुगलको रोमाञ्चक जीत

photocollage_20221124235457345.jpg

२४ नोभेम्बरः क्रिस्टियानो रोनाल्डोको अगुवाईमा पोर्तुगलले जीतको साथ फीफा वर्ल्ड कप २०२२-मा आफ्नो अभियान शुरु गऱ्यो। बिहीवार खेलिएको ग्रुप एच-को म्याचमा पोर्तुगलले घानालाई ३-२-ले पराजित गऱ्यो। स्टेडियम ९७४-मा खेलिएको यस म्याचमा पाँचैवटा गोल दोस्रो हाफमा भयो। म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगलबाट क्रिस्टियानो रोनाल्डोले ६५औं (पेनल्टी), जोआओ फेलिक्सले ७८औं र सब्स्टीट्यूड खेलाड़ीको रूपमा ओर्लिने राफाएल लिओले ८०औं मिनटमा गोल गरे। यसरी नै म्याचमा लगातार चुनौती पेश गर्ने घानाबाट कप्तान एण्ड्रे एयूले ७३औं र ओस्मान बुकारीले ८९औं मिनटमा गोल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *