राजकुमारी थापाले आज क्विक रेस्पोन्स टीमद्वारा गरिएको निकासी प्रक्रियाको अवलोकन

IMG_20221124_231052.jpg

नाम्ची: दोजोक नजिकैको पैह्रो प्रभावित क्षेत्रको विधायक राजकुमारी थापाले आज क्विक रेस्पोन्स टीमद्वारा गरिएको निकासी प्रक्रियाको अवलोकन गर्न भ्रमण गरिन्। यस भ्रमण अवधि उनको साथमा याङगाङका एसडीएम मिलन राई पनि थिए। आठ परिवारलाई पूर्ण रूपमा सुरक्षित ठाउॅंमा स्थानान्तरित गरिएको बताइएको छ।
दिउॅंसो एसडीएमले जिल्ला परियोजना अधिकारी अभिषेक खरेल र राजस्व अधिकारी एमबी छेत्रीले विभिन्न ठाउॅंहरूको निरीक्षण गरेर पैह्रो प्रभावित पीड़ितहरूको पुनर्वासका लागि उपयुक्त ठाउॅंहरू चिन्हित गरेका थिए। उनीहरू गौशाला निर्माणको पनि निरीक्षण गरे भने पीड़ितहरूलाई राहत सामग्री प्रदान गरे।
एसडीएमले पशुपालन विभागका सहायक निदेशकलाई पीड़ितहरूको पशुधन सम्बन्धी जॉंच रिपोर्ट बुझाउन निर्देश दिए। क्षेत्र विधायक थापाले पनि पीड़ितहरूको राहत शिविरमा स्थानान्तरण प्रक्रिया अवलोकन गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *