मन्त्री लोकनाथ शर्माले गेजिङ ओमचुङ जीपीयू भ्रमण

88525c64-b1ca-4e34-ba0c-23c49b7bf730

गेजिङ:   आज बिहान गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री लोकनाथ शर्माले गेजिङ ओमचुङ जीपीयू भ्रमण गरे। मन्त्री शर्माको साथमा जिल्ला पञ्चायत सागर शर्मा, विभिन्न वार्डका पञ्चायत सदस्यहरू, अधिकारीहरू तथा अन्यहरू उपस्थित थिए। मन्त्री शर्माले भ्रमणको शुरूवात मिडल ओमचुङमा सद्भाव मण्डपको निम्ति प्रस्तावित ठाउॅंबाट गरे। त्यसपछि, मन्त्रीले मिडल गेजिङ माध्यमिक विद्यालयको भ्रमण गरेर विद्यालय भवनको अतिरिक्त पूर्वाधारको निरीक्षण गरे। उनले अभियान्त्रिकी प्रकोष्ठ, शिक्षा विभागका वरिष्ठ अधिकारीहरूसॅंग कुरा गरेर रोकिएको विद्यालय भवन निर्माण कार्य समाधान गर्न आह्वान गरे।

मन्त्रीले विद्यार्थीहरूसॅंग अन्तरक्रिया गर्दै तिनीहरूलाई आफ्नो रूची अनुसारको क्षेत्रमा कौशल विकास गर्न सुझाउ दिए। उनले विद्यार्थीहरूलाई आत्मविश्वास विकास गर्न अनि चुनौतीहरूको सामना गर्न तयारी गर्ने आह्वान गरे। यसै गरी, उनले कृषि र पशुपालनको क्षेत्रमा पेशाको व्यापक सम्भावना रहेको विषयमा पनि अवगत गराए। यसपछि, मन्त्री शर्माले कृषि विज्ञान केन्द्र अन्तर्गत हाट घरको निर्माण स्थल भ्रमण गरे। यस क्रममा उनले लेगसेप उच्चतर माध्यमिक विद्यालयको भ्रमण गरेर पूर्वाधार उन्नयन विषय जानकारी लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *