बालिका वर्गमा शाज्फा वानिया च्याम्पियन

IMG-20221124-WA0250.jpg

सिलगढ़ी: सिलगढ़ी जिमखाना क्लबमा गत २३ नोभेम्बरदेखि शुरु भएको एआईटीए च्याम्पियनशीप सीरीज (७) टेनिस टुर्नामेण्ट अहिले अन्तिम चरणमा पुगिसकेको छ। यस राष्ट्रिय स्तरको टुर्नामेण्टमा आज बालिका वर्गको फाइनल खेलियो। फाइनलमा तेस्रो वरीयता प्राप्त पश्चिम बंगालकी शाज्फा वानिया एसके-ले सिक्किमकी शेरन्या ला-लाई सीधा सेटमा ६-०, ६-०-ले पराजित गरी च्याम्पियनको ट्रफी जितिन्। यसरी नै सिलगढ़ी जिमखानाका प्रशिक्षणार्थी तथा छैटौं वरीयता प्राप्त प्रियदर्शन राज प्रधानले शुक्रवार खेलिने बालक वर्गको फाइनलमा दोस्रो वरीयता प्राप्त असमका नमन बोराहको चुनौती स्वीकार्नेछन्। नमनले आज खेलिएको बालक वर्गको दोस्रो सेमिफाइनलमा तेस्रो वरीयता प्राप्त विशाल हल्दारलाई ६-२, ६-१-ले पराजित गरे। आज बालिका वर्गमा विजेता अनि उपविजेता बन्ने खेलाड़ीहरूलाई निर्वाना ग्रुप्स-की एडमिनिस्ट्रेटर वीणा घिसिंगले पुरस्कार प्रदान गरिन्। बालक वर्गको फाइनल शुक्रवार ९ बजीदेखि शुरु हुनेछ भनी सिलगढ़ी जिमखाना क्लबका सह-संस्थापक रोशन कान्त घिसिंगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *