भालू फर्किएर फेरि गाउँमा पस्दै

5674284f-e6c7-455e-b452-a7d5f289bb6e

कालचिनी – पटक पटक किन भालू घुम्दै गाउँ र चियकमानको सेक्सनमा पस्दैछ यसको सही कुरा बन विभाग र कसैले बताउन नसकिरहेको बेला आज फेरि एउटा ठूलो कालो भालू कालचिनी खण्डको अठियाबारी चियाबारीको बंगबारी डिभिजनमा पसेको घटनाले गाउँलेहरू आतङ्कित बनेको छ। गत केही दिन अघि मात्र लोथाबारी बस्तीबाट दुइवटा भालू एवम् फेरि केही दिनको अन्तरालमा नै मेन्दाबारी बस्तीबाट एउटा भालू समातिएको थियो। आज पुनः दिउँसो प्रायः १२ बजी एउटा ठूलो आकारको कालो भालू बंगबारी डिभिजनको २ नम्बर सेक्सनमा देखा पर्दा गाउँमा सनसनी मच्चिएको थियो।

यसको जानकारी बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ रहेको निमती र राजाभातखावा रेञ्जलाई पुगेपछि घटनास्थलमा बनकर्मीहरू पुगेर अथक प्रयास चलाएपछि अन्ततः भालूलाई ट्र्यान्कुलाइज गरेर बिहोस पारेपछि भालूलाई जालमा फसाएर राजाभातखावा स्थित पशु चिकित्सा केन्द्रमा लगेर उपचार गरेपछि होसमा ल्याएर कोर जंगलमा लगेर छोड़ेको थियो। यता उक्त भालू गाउँ संलग्न २ नम्बर सेक्सनमा पसेता पनि कसेको हानी नपुऱ्याएको गाउँले औ बन विभागले जनाएका छन्। तर भालू किन यसरी बारम्बार गाउँतिर पस्दैछन यसको मूल कारण भने बन विभागले स्पष्ट पार्न नसकेको मानिसहरूले कुरा काट्न थालेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *