एभोकार्डो

00-Avocado

डिप्रेसन र क्यान्सरका रोगीलाई अमृत समान हुन्छ एभोकार्डो, यस्ता छन् अन्य फाइदै फाइदा जानीराखौंl दार्जीलिङको गाउँ ठाउँमा पाउने एउटा जैविक फल हो। यसको प्रयोगको त्यति धेरै देखिँदैन। तर पछिल्लो समय यो फलको उपभोग गर्ने चलन भने बढ्दै गएको पाइन्छ। यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेरसन र क्यान्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ। यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकार्डोले मोटोपन, मधुमेह, मुटुको रोग घटाउन पनि सहयोग गर्छ। यस फल खाँदा स्वास्थ्यलाई निम्न फाइदा हुन्छ।

गोर्खा शेफ श्यामसन डुमजन तामाङ, अध्यक्ष
इन्डियन रोयल गोर्खा कल्नेरी शेफ फेडेरेशन

पोषिलो फल: एभोकार्डोमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ। एभोकार्डौको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ। एउटा एभोकार्डौमा ६४ क्यालोरी हुन्छ। जसमा ६ ग्राम चिल्लो, ३.४ ग्राम कार्बोहैड्रेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुन्छ। एभोकार्डोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ। बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ। एभोकार्डो पूर्ण रुपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ। एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ। यसलाई बेटा–सिस्टेरोल भनिन्छ। यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ। एभोकार्डो नियमित खाएमा रगतमा भएको कोलस्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ।

दृष्टि क्षमता बढाउँछ: एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ। यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन। यी रसायनले आँखाका कोषिकालाई नष्ट हुनबाट बचाउँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन्। घुँडा दुख्ने रोगबाट बचाउँछ: एभोकार्डोमा पाइने भिटामिन ‘के’ हड्डी स्वास्थ्यका लागि अतिलाभदायी मानिन्छ। दैनिक आधा एभोकार्डो खाने हो भने पनि २५ प्रतिशत भिटामिन ‘के’ प्राप्त हुन्छ।

क्यान्सरबाट बच्न सकिन्छ: पर्याप्त मात्रामा यो फलको प्रयोगले आन्द्रा, पेट, प्याङ्क्रियाज र पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने दाबी गरिएको छ। अनुसनधानकर्ता कुरामा विश्वास गर्छन् कि यसमा रहेको ‘फोलेट’ तत्वले अनावश्यक सेल बढ्न दिँदैन। क्यान्सर लाग्न नदिन र क्यान्सर लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ। केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्यान्सरका कोषलाई रोक्छ।

गर्भपतन रोक्छ: आमाको दूध खाने र गर्भमा रहेका शिशुका लागि फोलेट अनिवार्य पर्छ। एभोकार्डो नियमित सेवन गरेमा पोषणको कमीले हुने गर्भपतन हुँदैन। एमसी गिल विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३० प्रतिशत गर्भपतन गर्भावस्थामा हुने फोलेटको कमीले हुन्छ।

डिप्रेसनको जोखिम कम गर्छ: यो फलमा उच्च मात्रामा रहेको फोलेट तत्वले डिपे्रसन हुनबाट बचाउन सक्छ। किनकि फोलेटले होमोसिस्टाइन उत्पादन गरी मस्तिष्कमा पठाउँछ। यसले मस्तिष्कमा हुने सेरोटोनिनी, डोपामिन र नोरेनिफाइन प्रभावित गर्छ। जसले थकान, निद्रा र मुडलाई नियन्त्रणमा राख्छ। पाचन प्रक्रियामा सहयोगी: एभोकार्डोमा पर्याप्त मात्रामा फाइवर, क्रिमजस्ता तत्व पाइन्छन्। फाइवरयुक्त खानाले कब्जियत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ। पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ।

शरीरबाट विकार हटाउँछ: एभोकार्डो नियमित सेवन गर्दा प्राकृतिक रुपमै शरीरमा भएको विकार निर्मलीकरण गर्छ। यसको सेवनले शरीरमा रहेको दूषित रसायन दिसा या पिसावको माध्यमबाट बाहिर निस्कन्छ। बाथको उपचार: यसमा पाइने ‘स्याप्नोनिन्स’ ले गठियाबाथको उपचारको काम गर्छ। यसको नियमित सेवनले गठियाबाथको कारण हुने दुखाइ पनि कम गर्छ।

सिस्नु

सिस्नु प्रकृतिको एउटा बरदान हो, जसले च्वाट्टै पार्छ यी रोगहरु जान्नुहोस्l गोर्खा जातिको मौलिक ८४ जैविक व्यञ्जन मध्ये हरियो साग र सिस्नु खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नुको चर्चा। कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नु अहिले शहर देश विदेशका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे सितारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको। घरभित्र छिराउन मिल्दैन भनिने सिस्नु अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रुपियाँ बराबरको बिक्री हुन थालेको छ। सिस्नुको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको दार्जीलिङ कालेबुङ सिक्किमका ती सुन्दर शहरका मुख्य शहरहरूमा हरियो झरिलो सिस्नु अथवा सिस्नुको पाउडर पुर्याइसकेको छ। भारतको रजधानी दिल्ली र अन्य शहर बेंङलोर मुम्बई शहरहरुमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नु पाउडर देशभित्र मात्रै नभई अमेरिका, इंग्ल्याण्ड, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूले समेत मागिरहेका छन्।

इन्डियन रोयल गोर्खा क्युलीनेरी शेफ फेडरेशनले विभिन्न ग्रामीण क्षेत्रहरूमा रहेका विभिन्न सहकारीहरूले संकलन गरेको सिस्नुलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङमा जुटेको हिमालयन ८४ जैविक व्यञ्जन कम्पनी ले तयार गरेको हिमालयन ८४ जैविक व्यञ्जन कम्पनी नामक ब्राण्डको सिस्नु सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी गर्छन् प्रबन्ध निर्देशक गोर्खा शेफ शयामसन तामाङले लेखेका भारतीय गोर्खा समुदायको मौलिक खानपिनको पुस्तक ‘द रोयल गोर्खा कुक बुक’को माध्यम पनि भारतीय गोर्खा समुदायको मौलिक खानपिनहरूको सुरक्षा गरी विश्वमा भारतीय गोर्खा समुदायको खानपिन लाई परिचय गर्न सफल बनिरहेका छन्।

सिस्नु पछिल्लो समयमा सिस्नुको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने संघ-संस्थाहरूको पनि लर्को लागेको छ। त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नुको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं संघ र संस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नुको कारोबार गरिरहेका छन्।

खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जङ्गल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नुबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नु उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन्। सिस्नुको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नुको मुन्टा तरकारीको रूपमा खानेहरूको सङ्ख्या बढ्दो छ। सिस्नु पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले पनि यसको माग बढेको छ। मुलुकमा चुलिंदै गएको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई माथि उठाउन धेरै ठूलो कायापलट गर्नुपर्दैन। केबल जहाँ जे उत्पादन भइरहेको छ, जहाँ जुन स्थानमा जे कुराको सम्भावना हुन्छ त्यसलाई बुझेर आवश्यक व्यवस्थापन गर्न सके धेरै हुन्छ। सिस्नुको झार मुलुकका पहाडी क्षेत्रमा जहिंतहीं पाइन्छ।

गाउँघरमा पाइने सिस्नुलाई गाईवस्तुको लागि खोले वा गरिबहरुले दाल र सागको रुपमा प्रयोग गरिरहेको पाइन्छ। खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नुको प्रयोग भएको पाइन्छ। तर पछिल्लो समय सिस्नु औषधि साबित भएपछि यसको माग विदेशमा निकै महँगो दरमा भएको पाइन्छ। धनीहरुले यसलाई बढी प्रयोग गरिरहेका छन्।

सिस्नुलाई गुणस्तरीय औषधिय गुणलाई स्वदेशी बजार चिनाउन मात्रै सकियो भने यसको उपयोगिता बढेर आर्थिक क्रियाकलाप बढ्छ। यसको विदेशमा हुने माग बमोजिम निकासी गर्न सक्यौ भने दार्जीलिङमा अहिले झेल्दै आएको व्यापारघाटाबाट बनेको घाउलाई मल्हम लगाउन सकिन्छ। हामी कहाँ अथाह मात्रामा विभिन्न फाईदाजनक बहुमूल्य जडिबुटीको सम्भावना रहेको छ। तर त्यसको पहिचान हुन नसक्नु अहिलेको विडमम्बनाको रुपमा लिनुपर्छ। सजिलै पाइने दार्जीलिङ कालेबुङ सिक्किमको जुनसुकै ठाउँमा उत्पादन गर्न सकिने सिस्नुलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकियो भनेमात्रै पनि यसैबाट गाउँ ठाँउमा निकै नै धन कमाउन सकिन्छ।

सिस्नु जहाँ कही पनि पाइन्छ तर त्यसलाई अहिलेको अवस्थामा पनि गाईवस्तुको खोलेको रुपमा प्रयोग भईरहेको हामीले पाएका छौं। अमेरिका, इंग्ल्याण्डजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न रूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइरहेका छन्। यसका साथै सिस्नुको प्रयोगबाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ। सिस्नुको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ। सिस्नुसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन्। हालैको एउटा अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ। सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ। साथै सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ। सिस्नु खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ। त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ। सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ।

सिस्नुमा के के पाइन्छ? रायोको सागमा ३५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नुमा १२ सय आई.यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ। तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन्। भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नुमा सबभन्दा बढी भिटामिन हुन्छ। सिस्नुको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ। यसका साथै सिस्नुको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ। महिनावारी अनियमित हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नुको पाउडर प्रयोग हुने गरेको छ। यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ। यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन्। यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो। यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ। यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो।

सिस्नुको प्रयोग गर्ने विधि: १० ग्राम सिस्नुको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने। यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ। मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नु भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन। शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ। तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं। शरीरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानुपर्ने वैज्ञानिकहरुले बताएका छन्। हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने गर्यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि वैज्ञानिकहरुले पत्ता लगाएका छन्।

हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि विज्ञहरु बताउँछन्। हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ। सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन। बहुगुण भएको यो सिस्नु हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ। हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ।

यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ। हाम्रो सुन्दर ठाउँ दार्जीलिङ सिक्किम सुन्दर कृषि प्राधन ठाउँ भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनी पर्ने मानिस जो अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको छन्। यस्ता खालका मानिसहरुलाई यी बहुआयमिक खालका गाँउघरमै पाईने जडीबुटीका बारेमा चेतना दिन सके औषधि नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानिसको संख्या कम गर्न सकिन्थ्यो।

त्यस्तै नोकरी नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीवुटीको सदुपयोग बारेमा बुझाउन सके यस्ता बहुआयमिक जडीबुटीको खेती गरी आयआर्जनको राम्रो स्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्दत पुग्दथ्यो। भारतको सुन्दर राज्य सिक्किम अनि दार्जीलिङ कालेबुङ विकास उन्मुख ठाउँ भएको हुँदा यी ठाउँहरुमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके हाम्रो जिल्ला राज्य अनि राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमिट्यास र वैदेशिक सहयोगको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने थियो। मलाई पुर्ण विश्वास छन्।

गोर्खा शेफ श्यामसन डुमजन तामाङ, अध्यक्ष, इन्डियन रोयल गोर्खा कल्नेरी शेफ फेडेरेशन

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *