गोजमुमो अध्यक्ष विमल गुरुङको स्वास्थ्यमा सुधार

IMG-20220531-WA0159.jpg

गान्तोक। एसटीएनएम अस्पतालमा उपचारको निम्ति हिजो भर्ना भएका गोजमुमो अध्यक्ष विमल गुरुङको स्वास्थ्य हाल स्थिर रहेको गोजमुमो केन्द्रिय समितिका कार्यकारी सदस्य दिपेन निरौलाले जानकारी गराएका छन्। हिजो बेलुकीदेखि यहाँ गोजमुमो अध्यक्ष गुरुङको उपचार जारी रहेको छ भने आज उनको युरो, नेफ्रो अनि गल ब्लाडर सम्बन्धित जाँच गरिएको निरौलाले बताए। यी सबैको रिपोर्ट आएपछि नै अध्यक्ष गुरुङको स्वास्थ्यबारे विस्तृत जानकारी पाउनसक्ने उनले जानकारी गराए। हालसम्म एसटीएनएम अस्पतालमा जुन प्रकारले उपचार चलिरहेको छ सोप्रति आफूहरू अत्यन्तै सन्तुष्ट रहेको निरौलाले थप जानकारी गराए।
जानकारी गराइन्छ, गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष विमल गुरुङ जीटीए चुनाउअघि नै जीटीए समझौताअनुरूप सबै अधिकार हस्तान्तरण गरिनुपर्ने अनि तराई-डुवर्सका ३९६ मौजा जीटीएमा अन्तर्भुक्त गरिनुपर्ने माग लिएर गत २५ मईको दिनदेखि आमरण अनशनमा बसेका थिए। निरन्तर रूपमा स्वास्थ्यमा गिरावट आएपछि २९ मईको दिन उनलाई उपचारको निम्ति दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो भने थप उपचारको निम्ति हिजो यहाँको एसटीएनएम अस्पताल ल्याइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *