भानु उद्यानको निर्माण कार्य तीब्रस्तरमा

IMG-20220531-WA0155.jpg

गान्तोक। राजधानी गान्तोकको जिरो पोइन्टमा अवस्थित भानु उद्यानले पुनः विकास गरिने कार्य युद्धस्तरमा चलिरहेको छ। प्रत्येक वर्ष भानु जयन्तीको दिन छहारी लगाएर भानु जयन्ती पालन गरिँदै आएको थियो भने अब यहाँ स्थायी छानु लगाइएको छ। आगामी १३ जुलाई २०२२-को दिन भानु जयन्तीको अवसरमा राज्यपाल गङ्गाप्रसाद र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा यसको विधिवत् उद्घाटन गरिने योजना रहेको छ। स्मरण गराइन्छ, पछिल्लो भानु जयन्ती समारोहको अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले भानु उद्यानमा छानु लगाउने र सुन्दरीकरण गर्ने घोषणा गरेका थिए। यसका निम्ति सरकारले एक करोड अस्सी लाख रुपियाँ धनराशि पनि आवन्टन गरेको थियो। सिक्किम सरकारका पूर्व सचिव तथा अभियन्ता डूप छिरिङ लेप्चालाई यस परियोजनाको जिम्मेवारी सुम्पिएको थियो। सोमवार नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्र पौड्यालसहित कार्यकारी समितिका सदस्यहरू र अभियन्ता लेप्चाबीच सुन्दरीकरण कार्यबारे चर्चा-परिचर्चा भएको थियो। यस परियोजनाअन्तर्गत भानु उद्यानमा छानु लगाउने कार्य भएको छ भने भानुको सालिगलाई सारेर उद्यानलाई अझ फराकिलो र धेरै मानिस अटाउनसक्ने बनाइएको छ। उद्यानमा शौचालय पनि निर्माण गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *