(लघुकथा) प्रतिशोध

00-illustration-1

घरकी एकमात्र छोरी हुनाले तनुलाई उसका आमा बुबा ज्यादै माया गर्थे।  स्कूलको औपचारिक शिक्षा सकेर कलेज पढ्न उनी घरबाट पहिलोपटक बाहिर गइन्। घर-परिवारको बन्धनबाट मुक्त भएको पंक्षीझैँ उडान भर्दै जाँदा उनलाई समीरको मुटुमा समाएर हिँड्न लागेको थाहै भएनछ।

धेरै नजिक पुगेर झसङ्ग भइन् तर, त्यसबाट अम्किएर आउने बाटो थिएन। घरको सहमतको कुनै आशा थिएन। अब आफ्नो जिन्दगीको फैसला आफै गर्ने प्रयास गर्दै समीरलाई भेट्न गइन्। समीर प्रस्तुत थिएन। उसले आफ्नो फैसला सुनायो ‘‘…..यो सम्भव होइनl’’ तनुका आँखा अघिल्तिर धुवाँको समुद्र देखियो।

विकल्प केही थिएन। अब उनी आत्महत्या गर्ने विचारले नदी किनारमा पुगिन्। तर सकिनन्।कुन्नि केले उनलाई बाधा दियो। एकजना भलाद्मी जस्तै देखिने मानिसले उनलाई आफ्नो घर लगेर सहारा दिने आश्वासन दिए। तर, विधिको कस्तो विडम्बना! रात पर्नासाथ उनीमाथि त्यस मानिसको निर्यातन शुरु भयो। सकेसम्म प्रयास गरेर पनि उनी आफूलाई सुरक्षित राख्न असफल भइन्।

बिवस्त्रा भएर कोठाभित्र घुमिरहेको शिलिङको पङ्खामा एकोहोरो हेरिरहेकी उनी समीरको धोका र अर्को एक पशुको पाशविक प्रवृत्तिलाई धिक्कार दिँदै जुरुक्क उठिन्। मर्ने विचार। तर, फेरि उनी स्वाभाविक भइन् र मन मनै सोचिन् –‘‘मर्नु छैन मैले। म प्रतिशोध लिन्छु समीर जस्तो धोकेबाज प्रेमी अनि समग्र पुरुष जातिमाथिl’’ उनी कपडा लगाएर स्वाभाविक मान्छे जस्तैगरी त्यो पाखण्डको सामु गएर ठिङ्ग उभिइन्।

          0————-+—————0

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *