गायत्री गौतमकृत प्रतिक्षाको लोकार्पण

IMG_20221115_232310.jpg

गान्तोक: कवि गायत्री गौतमको पहिलो कविता कृति ‘प्रतीक्षाको लोकार्पण भएको छ। यस कार्यक्रममा मुख्य अतिथि वरिष्ठ साहित्यकार वसन्ती शर्मा रहेको थियो।कार्यक्रममा अध्यक्ष रुद्र पौड्याल थिए। उपस्थित अतिथिगणको बाहुलीबाट कृतिको विमोचन गरियो।नेपाली साहित्य परिषद भवनमा संस्कार भारती सिक्किम शाखाद्वारा आयोजित विमोचन कार्यक्रममा साहित्यसितै लोक साङ्गीतिक कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको थियो।लोकार्पित कृतिमाथि कवि उषा शर्माले समिक्षात्मक टिप्पणी राखेकी थिइन्। आफ्नो पहिलो कविता संग्रह लोकार्पणपछि पत्रकारहरूसित कुराकानी गर्दै कवि गायत्री गौतमले कृतिको नाम सरह नै आफूले लामो प्रतीक्षापछि यो कविता सङ्कलन निकाल्न सक्षम बनेको बताइन्। यसमा आफूलाई सहयोग पुऱ्याउनेहरू प्रति आभार प्रकट पनि गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *