गौहाटी विश्वविद्यालयमा सम्पन्न दुई दिवसीय अन्तर्राष्ट्रिय सङ्गोष्ठी: एक प्रतिवेदन

00-Gauhati-University-Exam-1620389157

गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले गत ६ र ७ नवम्बर, २०२२ (तदनुसार २० र २१ गते कार्तिक वि.सं.२०७९)-को दिन दुई दिवसीय अन्तर्राष्ट्रिय सङ्गोष्ठी बीपी कोइराला नेपाल-भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको वित्तीय सहयोगमा आयोजन गर्‍यो।  भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र विश्वकोश (इनसाइक्लोपिडिया) निर्माणका लागि मार्गचित्र तय गर्ने उद्धेश्यले आयोजन गरिएको यस अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्धाटन सत्रको अध्यक्षता प्रा.डा.अनुराधा शर्माले गर्नु भएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले प्रमुख अतिथिका रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो। यस उद्घाटन सत्रमा  गौहाटी विश्वविद्यालयका विभागीय प्राध्यापक तथा यस सङ्गोष्ठीका संयोजक डा. खगेन शर्माले स्वागत वक्तव्य राखेपछि सङ्गोष्ठीको विषय प्रवर्द्धन गर्दै डा.गोकुल सिन्हा र प्रा. डा. माधव प्रसाद पोखरेलले यस दुई दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजन गरिनुको औचित्यबारे सङ्क्षेपमा प्रकाश पार्नु भयो। यस सत्रमा विशेष अतिथि प्रा.डा.गोविन्दराज भट्टराई, सिक्किम अकादमीका अध्यक्ष एस.आर. सुब्बा, नेपाली प्रकाशन असमका अध्यक्ष  डी.बी. छेत्रीले पनि छोटो-छरितो  शुभकामना मन्तव्य राख्नुभयो। गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा एवं साहित्य अध्ययन विभागकी प्रमुख एवं असमी भाषाकी प्रसिद्ध उपन्यासकार प्रा.डा. अनुराधा शर्माले निकै गहकिलो र तुलनात्मक रूपमा आफ्नो अध्यक्षीय सम्भाषण प्रस्तुत गर्नु भयो। डा. खगेन शर्मा संयोजक तथा डा‍. सृजना शर्मा र प्रा. ढाकाराम काफ्ले सह-संयोजक रहनुभएको उक्त दुई दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा हाम्रा छिमेकी राष्ट्र नेपालका साथै भारतका विभिन्न राज्य र प्रान्तबाट उपस्थित भएका विभिन्न विश्वविद्यालय र महाविद्यालयका प्राध्यापकहरू, अकादमीका प्रतिनिधिहरू, भाषाविद्हरू तथा भाषासम्बन्धी आइटी विज्ञहरूको पनि विशेष उपस्थिति रहेको  थियो। 

सङ्गोष्ठी समुद्घाटनका अवसरमा प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली शब्दकोश (२०१९), नेपाली बृहत् शब्दकोश (२०४०) र प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) सम्म आइपुग्दा शब्दकोश निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति  इतिहास सङ्क्षेपमा प्रस्तुत गर्नुभयो। यसैक्रममा  विश्वकोश निर्माणका सम्बन्धमा पनि प्रतिष्ठानले ‘नेपाल लघु विश्वकोश’ (२०६७) निर्माण गरी यस कार्यको थालनी गरेको  उल्लेख गर्नुभयो। गौहाटी विश्वविद्यालयले यस किसिमको सङ्गोष्ठीको आयोजना गरेर भारतमा संस्थागत रूपमा शब्दकोश र विश्वकोश निर्माण गर्ने कामको थालनी गरेकोमा आयोजकहरूलाई धन्यवाद दिनुभयो। यसै अवसरमा एन.बी.गिरी र डा.खगेन शर्माद्वारा सम्पादित कृति ‘जर्नी टु भुटान फर जस्टिस’ र  डा. खगेन शर्मालिखित नेपाली क्रियाको रूपावाली  शिरोनामित दुईवटा कृतिहरू विशिष्ट अतिथि प्रा. डा. गोविन्दराज भट्टराई तथा प्रा. डा. माधव प्रसाद पोखरेलको बाहुलीबाट लोकार्पण गरियो। 

यस  दुई दिने सङ्गोष्ठीमा पहिलो दिन तीनवटा र दोस्रो दिन दुईवटा गरी जम्मा पाँचवटा कार्यपत्रहरू प्रस्तुत गरिए। भारत र नेपालका विभिन्न विश्वविद्यालय र संस्थाबाट आमन्त्रित विज्ञहरूले अध्यक्षता र  प्रस्तुत कार्यपत्रबारे मूल्याङ्कनपरक टिप्पणी गर्नुभएको थियो। कार्यपत्र प्रस्तुतिका क्रममा विषय विशेषज्ञ प्रा.डा.माधव पोखरेलले ‘शब्दकोशका प्रकार र निर्माण’ , प्रा. डा. गोविन्दराज भट्टराईले ‘विश्वज्ञानकोश ऐतिहासिक पृष्ठभूमिमा नवीन कोश निर्माण योजनाको लघु मार्गचित्र’का, प्रा.डा.हेमनाथ पौडेलले  विश्वकोशको इतिहास र नेपालमा भएका प्रयासहरू’,  प्रा.डा.बलराम प्रसाईँले नेपाली शब्दकोश निर्माणमा प्रविधिको उपयोग’ तथा डा.यज्ञेश्वर निरौलाले ‘नेपाली शब्दकोशको इतिहास र निर्माणका समस्या’ आदि विषयमा अध्ययनपूर्ण सारगर्भित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यपत्र सत्रहरूको अध्यक्षता अनि मूल्याङ्कनपरक टिप्पणी क्रमश: रुद्र पौड्याल र डा. परसुराम पौड्याल, डा. गोकुल सिन्हा र डा. दशरथ खरेल, प्रा. प्रतापचन्द्र प्रधान र प्रा. डा. देवेन सापकोटा, प्रा. डा. दिवाकर प्रधान र डा. नरेशचन्द्र खत्री, प्रा. डा. कृष्णराज घतानी र प्रा. डा. पुष्प शर्माले गर्नुभएको थियो।  

यस अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा देश-विदेश गरी जम्मा आठवटा विश्वविद्यालय तथा १२-१५ वटा विविध महाविद्यालय एवम्  विभिन्न साहित्यिक सङ्ग-संस्थाहरूबाट मनग्ने प्रतिनिधिको सक्रिय उपस्थिति रहेको थियो। यसमा विशेष स्रोत व्यक्तिको रूपमा डा. राजकुमारी दाहाल, डा. पुष्कर पराजुली, डा. राजकुमार छेत्री, डा. खेमराज नेपाल, डा. टेकबहादुर छेत्री, प्रा. नवीन पौड्याल, प्रा. बलराम पाण्डे, श्रीमती सुनिता दाहाल, डा. टेकनारायण उपाध्याय, डा. मनोज विश्वकर्मा आदिको सक्रिय सहभागिता रहेको थियो। यसका साथै डा. टङ्कनाथ खतिवडा, डा. नारायण शर्मा, प्रा. डा. अञ्जना भट्टराई, मुक्तिप्रसाद उपाध्याय, लक्ष्मण वियोगी, मोहराज शर्मा, डा. इन्दु प्रभा देवी, प्रा. ढाकाराम काफ्ले, कमलनाथ शर्मा, डा. सीताराम अधिकारी, डा. गोमादेवी अधिकारी, डा. सञ्जीव उपाध्याय,  विष्णु गौतम, डा. अञ्जन बाँस्कोटा, डा. गायित्री नेवार,  छत्रमान सुब्बा, एगराज छेत्री, डा. सुकराज दियाली, नारायणप्रसाद होमगाई, डा.रामजीवन राई, प्रा. चन्द्रप्रकाश घिमिरे, प्रा. धर्मेन्द्र उपाध्याय, प्रा. तिलक शर्मा, भवानी अधिकारी, प्रा. पारस पराजुली, पूर्ण सुब्बा, रूद्र बराल, डिल्लीराम खनाल, पूर्ण योञ्जन, पी.एल. शर्मा, लक्ष्मण अधिकारी, श्रीमती लक्ष्मी सुवेदी,  परुषोत्तम उपाध्याय दाहाल, श्रीमती नैना अधिकारी, सुश्री पूजा आचार्य, पुष्पलाल शर्मा, श्रीमती गीता पौड्याल, रोहित गौतम, सञ्जीव उपाध्याय, चम्पा उपाध्याय, सिबेन शर्मा, महिम आचार्य, गदाधर शर्मा, रञ्जिता देवी, मेद प्रसाद उपाध्याय, रविचन्द्र अधिकारी, तीर्थराज फुएँल, सहदेव गौतम, पुष्पधर शर्मा, गायत्री भट्टराई, नवराज खनाल, एकदेव अधिकारी, स्वरुप शर्मा, कल्पना उपाध्याय, मनोज दाहाल, ज्योति हुमागाई, केशव कार्की, अमित अधिकारी आदिको सक्रिय सहभागिताले अझ सङ्गोष्ठीको गरिमा बढेर गएको थियो। 

दोस्रो दिनको अपराह्न सत्रमा डा.गोकुल सिन्हाको अध्यक्षतामा बसेको जरूरी सभामा सहभागी वक्ताहरूमा संयोजक डा. खगेन शर्मा, प्रा. बलराम पाण्डे, प्रा. डा. पुष्पा शर्मा, प्रा. डा. प्रचापचन्द्र प्रधान, प्रा. डा. देवेन सापकोटा, प्रा. डा. कृष्णराज घतानी, सचेन राई, ज्ञानबहादुर छेत्री, डा. टेकनारायण उपाध्याय, भवानी अधिकारी, प्रा. नवीन पौड्याल, डी. बी. छेत्री, डा. राजकुमार छेत्री, रूद्र पौड्याल, नारायणप्रसाद होमगाई, रूद्र बराल प्रभृतिले सङ्क्षेपमा आ-आफ्नो मन्तव्य साझा गरे। भारतमा नेपाली भाषाको विकासका निम्ति निमार्णाधीन सर्वभारतीय स्तरको संस्था स्थापनाको औचित्य, उपादेयता र यसको कार्यकारी भूमिकाबारे दुई घण्टा लामो विचार-विमर्श गरेपछि भारतभरिका प्रतिनिधिलाई समेटेर  हालमा २१ सदस्यीय भएको नेपाली भाषा विकास परिषद्, भारत नाममा एउटा सर्वभारतीय स्तरको परिषद गठन गरिएको छ। अतः नवगठित नेपाली भाषा विकास परिषदमा अध्यक्ष डा. गोकुल सिन्हा, उपाध्यक्ष डा.प्रतापचन्द्र प्रधान, महासचिव- संयोजक डा. खगेन शर्मा, कोषाध्यक्ष उदय छेत्री तथा  प्रमुख कार्यकारी सदस्यको रूपमा डा.दिवाकर प्रधान, डा. राजकुमार छेत्री, डा. कृष्णराज घतानी, डा. सृजना शर्मा, डा. नरेशचन्द्र खाती, डा. टेकनारायण उपाध्याय, डा. टेकबहादुर छेत्री, प्रा. बलराम पाण्डे, श्रीमती सुनिता दाहाल, भवानी अधिकारी, मुक्तिप्रसाद उपाध्याय, डा. देवेन सापकोटा, एस.आर. सुब्बा, डा. मनोज विश्वकर्मा, डा.रामजीवन राई, नारायणप्रसाद होमगाईलाई सर्वसम्मतिले चयन गरेको छ भने केही दिनमा ५१ जना सदस्यलाई लिएर सर्वभारतीय स्तरको कार्यकारिणी समिति गठन गरिने सर्वसम्मतिद्वारा निर्णय लिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *