आईएलएस अस्पताल, हावडाद्वारा ‘वाकाथन २०२२ – वाक टु ड्राइभ आउट डायबेटेस’ आयोजना  (फोटो फिचर)

00-ILS-1

विश्व मधुमेह दिवस पालन गर्न जनचेतनामूलक पहल

कोलकाता: आईएलएस अस्पताल, हावडाले विश्व मधुमेह दिवस पालन गर्न हावडामा ७ किलोमिटर पैदल यात्रा २०२२ – वाक टु ड्राइभ आउट डायबिटिज आयोजना गर्‍यो। उक्त अवसरमा आईएलएस हस्पिटलका बिजनेस डेभलपमेन्टका ग्रुप उपाध्यक्ष देवाशिस धर, आईएलएस हस्पिटलका सीओओ डा सञ्जयकान्त मिश्रा, आईएलएस हस्पिटलका अपरेशन हेड सुमित शर्मा र आईएलएसको बिजनेस डेभलपमेन्टको युनिट हेड अनन्या किशोर घोषको उपस्थिति रहेको थियो। 

यस वर्षको ‘भोलिको लागि शिक्षा’ भन्ने नाराका साथ हामीले मधुमेहसँग लड्ने महत्व जनतामा फैलाउन यो चेतनामूलक पदयात्रा आयोजना गरेका हौँ। मधुमेहलाई जीवनभर हेरचाह चाहिन्छ र स्वस्थ जीवन कायम राख्नको लागि परिवारको सहयोग धेरै महत्त्वपूर्ण छ’, आईएलएस अस्पतालका व्यवसाय विकास समूह उपाध्यक्ष देबाशिस धरले भने।

 ‘हिजोआज मानिसहरू आफ्नो आकस्मिक जीवनशैलीका कारण पारिवारिक इतिहास बिना नै मधुमेह हुने खतरामा छन्। यसले मृगौला फेल हुने, अन्धोपन, हातखुट्टा गुमाउने जस्ता गम्भीर जटिलताहरू निम्त्याउने धेरै महत्त्वपूर्ण अंगहरूलाई असर गर्नसक्छ। हाम्रो आहारमा सुधार, व्यायाम र जीवनशैली परिवर्तन गरेर हामी मधुमेहको विकासबाट बच्न सक्छौँ’, कार्डियो डायबेटिकका तर्फबाट आयोजक डा कौशिक नहा विश्वासले भने।

जनचेतनामूलक पदयात्रामा ५०० भन्दा बढी उत्साहीहरु सहभागी थिए। हावडाको आईएलएस अस्पतालबाट बेलुकी ४ बजे शुरु भएको यो पदयात्रा साल्किया फ्लाईओभर, हावडा स्टेशन रोड, साल्किया स्कूल रोड हुँदै आईएलएस अस्पतालमा समापन भएको थियो। प्रत्येक सहभागीले डिजिटल मैनबत्ती बोकेर हिँडे। पदयात्रामा सहभागीहरुले मधुमेहका विभिन्न पक्षहरुलाई उजागर गर्ने प्लेकार्ड बोकेका थिए। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *