टिका ढुङ्गेललाई वर्ष २०२२ को नव साहित्य सुभद्रा भट्टराई स्रष्टा सम्मान तथा स्मृति पुरस्कारले सम्मानित

IMG_20221113_214514.jpg

गान्तोक: नेपाली साहित्यमा एक लगनशील समिक्षकको रूपमा साहित्य सेवा गर्दै आएका सिक्किमका टिका ढुङ्गेललाई वर्ष २०२२ को नव साहित्य सुभद्रा भट्टराई स्रष्टा सम्मान तथा स्मृति पुरस्कारले सम्मानित गरिएको छ। पूर्व नेपालको मेचीनगर झापा जिल्ला अन्तर्गत बहुनडाँगीका नव साहित्य सेवा समाजद्वारा प्रदान गरिने यो सम्मान समाजका अध्यक्ष हरिप्रसाद नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदान गरिएको थियो।

कार्यक्रमकी मुख्य अतिथि सुभद्रा भट्टराई रहेकी थिइन् भने विशेष अतिथि प्रेम प्रकाश फलाहारी रहेका थिए। टिका ढुङ्गेलले लामो समयदेखि सिक्किमबाट साहित्यिक समिक्षा र साहित्यिक पत्रकारितालाई निरन्तररूपमा सेवा पुऱ्याएबापत यो सम्मान प्रदान गरिएको समाजले बताएको छ।

समिक्षक ढुङ्गेलले १९९३ सालमा सिक्किम बोल्छ पत्रिकामा महत्व शिर्षकको कविताबाट साहित्यिक यात्रा शुरु गरेका हुन्। तीन थुम्का, प्रदीपिका र पूर्वाधार जस्ता साहित्यिक पत्रिका निरन्तर रूपमा सम्पादन र प्रकाशन गर्दै आइरहेका छन्। यसका साथै साहित्यिक अभियान रटन-का एक संस्थापक अभियन्ताको रूपमा पनि कार्य गर्दै आइरेका छन्।

कार्यक्रममा आफ्नो सम्बोधन राख्दै सम्मानित व्यक्तित्व ढुङ्गेलले नव साहित्य सेवा समाजप्रति आफूलाई पुरस्कृत गरेकोमा आभार प्रकट गर्दै आफू पुरस्कृत बनेपछि अझ जिम्मेवारी बढेको र सिर्जनशीलतामा निरन्तरताको निम्ति उर्जा प्राप्त भएको बताए। पुरस्कारमा नगद 5 हजार रूपियाँसहित प्रशस्ती पत्र कार्यक्रममा विनोद खनाल, प्रेम प्रकाश फलाहार, सुभद्रा भट्टराई अर्याल, अशोक सुब्बा, जीएस सुब्बा, युवराज काफ्ले र हरिप्रसाद नेउपानेले पनि आफ्नो सम्बोधन प्रस्तुत गरेका थिए। सम्मान कार्यक्रममा स्थानीय कविहरू समेत वरिष्ठ कविहरूको कविताले सुनमा सुगन्ध थपेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *