भाजपा अलिपुरद्वार जिल्ला सांगठनिक बैठकमा आईपुगेका केन्द्रीय मन्त्री जोन बारलाद्वारा विभिन्न प्रतिक्रिया

IMG-20221023-WA0315.jpg

कालचिनी: अलिपुरद्वार नगरपालिकाको जैन भवनमा आज भाजपाको सांगाठानिक बैठकमा आईपुगेका केन्द्रीय मन्त्री जोन बारलाले पत्रकारहरु समक्ष विविध विषयमा कुरा गरे। यस अवधी तिनले हाँसीमारा विमान घाटमा यात्री परिसेवा चालू गर्न केन्द्र सरकार तयार रहेको तर राज्यले जमीन दिने बारेमा कुनै सकारात्मक पहल नगरेको, मनरेगा कामको रकम राज्यवासीले नपाउनमा राज्य सरकारले केन्द्रलाई हिसाब किताब नदिएको, र आगामी पञ्चायत चुनाउलाई शान्तिपूर्वक सम्पन्न गर्न केन्द्रीय बलको दरकार आदि विषयमा कुरा गरे।

राज्यले सकारात्मक सहयोगिता गरे सबै कामहरु पुरा हुने तर राज्यले कुनै पनि कुरामा सहयोगिता नगरेको भन्दै अन्य राज्यहरुमा सबै कामहरू भइरहेको र स्वयं आफै अन्य राज्यहरूमा पुगेको त्यहाँ शान्ति रहेको तर बंगालमा अझै पनि अशान्ति भईरहेको र टेट परीक्षामा उत्तीर्ण आन्दोलनकारीहरूलाई अत्याचार गरेको आदि विषयहरु प्रकास पार्दै आगामी चुनाउमा जनताले यी सबै कुराको जवाफ दिने दाबी गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *