प्रधानमन्त्रीले गरे केदारनाथ धाममा दर्शन र पूजा (फोटो फिचर)

00-image0039NZB

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज अर्थात शुक्रबार केदारनाथ मन्दिरमा दर्शन साथै पूजाअर्चना गरे। परम्परागत पहाडी पहिरनमा सजिएका प्रधानमन्त्रीले भित्री गर्भगृहमा रुद्राभिषेक गर्नुका साथै नन्दीको प्रतिमामा पूजा अर्चना गरे। प्रधानमन्त्रीले आदिगुरु शंकराचार्य समाधिस्थलको पनि भ्रमण गरी मन्दाकिनी अस्थापथ र सरस्वती अस्थापथमा भइरहेको विकास निर्माणको प्रगतिको समीक्षा गरे। प्रधानमन्त्रीले केदारनाथ धाम आयोजनाका कामदारसँग पनि कुराकानी गरे। उक्त अवसरमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र उत्तराखण्डका राज्यपाल सेवानिवृत्त जनरल गुरमीत सिंह पनि प्रधानमन्त्रीसँगै थिए। केदारनाथ सबैभन्दा महत्त्वपूर्ण हिन्दू मन्दिरहरू मध्ये एक हो। यो क्षेत्र सिखहरूको पवित्र तीर्थस्थलहरू मध्ये एक – हेमकुण्ड साहिबको लागि पनि प्रसिद्ध छ। सञ्चालित कनेक्टिभिटी परियोजनाहरूले पूर्वाधार सुधार र धार्मिक महत्वका स्थानहरूमा पहुँच सहज बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता दर्शाएका छन्। -पीआईबी

फोटो सौजन्य: पीआईबी

सौजन्य: पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *