अलिशा मेमोरियल स्कुलका विद्यार्थी नानीहरुले खुल्ला मन्च सांस्कृतिक कार्यक्रमको आयोजना गरे

IMG-20221003-WA0021.jpg

गोरुनथान: गोरुबथान खण्ड अन्तर्गत पर्ने शेर्पा गाउँ निम टार शनिबार हाटमा अलिशा मेमोरियल स्कूलद्वारा दशैँको शुभ अवसरमा एक खुल्ला मंच सांस्कृतिक कार्यक्रमको आयोजना गरियो।यसरी कार्यक्रम गरिनुको मुख्य उद्देश्य नानीहरूको मनोबल बढाउने र आउने दिनहरुमा नानीहरूले जत्रै ठूलो कार्यक्रमहरू पनि गर्न सकोस् भन्ने रहेको आयोजक पक्षले बताए।विशेषगरी आजको कार्यक्रममा अतिथिको रुपमा दावा शेर्पा, दावावीर सुब्बा,सोनाम शेर्पा कर्गील, निमा शेर्पा सर अनि गोठ काइला आदि रहेको थियो‌।यस कार्यक्रममा उद्घोषकको रूपमा छात्र धन्नज्य र तोर्सा क्षेत्री रहेका थिए।

कार्यक्रममा स्वागत भाषण नौराज भुजेल र विवेक्षा क्षेत्रीले राखेका थिए। नानीहरूको गायन, नाटक, नित्य हिन्दी अनि नेपाली गीतमा प्रस्तुत गरेेर दर्शक दीर्घालाई मनोरन्जन दिलाए। दसैंको अन्तिम हाट भएकोले गर्दा नानीहरूको कार्यक्रमलाई मानिसहरूले हेरेर मनोरन्जन लिएका थिए भने सबैले विद्यार्थी नानीहरुको प्रशंसा पनि गरे। दशैँको हाट भर्नु आएका मानिसहरूले नानीहरूको कार्यक्रम हेरेर बधाई एवम् शुभकामना व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *