एम. जी मार्ग गान्तोकमा पनि मनाइयो गान्धी जयन्ती

IMG_20221002_233336.jpg

गान्तोक: सिक्किम राज्यको राजधानीको एमजी मार्गमा गान्धी जयन्ती पालन गरियो। राष्ट्रिय पिता महात्मा गान्धी १५३औं जन्म जयन्ती भव्य रुपमा पालन गरियो। राज्यपाल गंगा प्रसादको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष अरूण उप्रेती, मन्त्रीगण, विधायकगण, सरकारका वरिष्ठ अधिकारीहरू आदि उपस्थित थिए।यस अवसरमा राज्यपाल, मुख्यमन्त्री र अन्य गणमान्यहरूले एमजी मार्गस्थित महात्मा गान्धीको मृर्तिमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पित गरे। महात्मा गान्धीको जन्म जयन्तीमा विभिन्न पुरस्कारहरू पनि वितरण गरियो।
सातवटा शहरी निकायबाट एक-एक जनालाई उत्कृष्ट सफाई मित्र पुरस्कारले सम्मानित गरियो। यस क्रममा गान्तोकबाट नारद शर्मा, नाम्चीबाट विकास राई, सिङतामबाट विकास रावत, रम्फूबाट दिनेश रावत, मंगनबाट नोर्देन लेप्चा, नयॉं बजार जोरथाङबाट राजकुमार रावत र गेजिङबाट बाल कृष्ण सन्यासीलाई सफाई मित्र पुरसकारले सम्मानित गरियो।यसै गरी, शहरी विकास विभागका सचिवको अध्यक्षतामा गठित कमिटीले चयन गरेको आधारमा तीनवटा शहरी निकायलाई सम्मानित गरियो। यस क्रममा मंगन नगर पञ्चायतले प्रथम स्थान प्राप्त गर्दै १० लाखसहित प्रमाणपत्र प्राप्त गरेको छ। यसै गरी सिङताम नगर पञ्चायतले दोस्रो र नाम्ची नगर परिषद्ले तेस्रो स्थान प्राप्त गरेको छ भने क्रमशः प्रमाणपत्रसहित ७ लाख र ५ लाख प्रदान गरियो।यसै क्रममा क्लिनेस्ट भिलेज अवार्ड अन्तर्गत गेजिङ जिल्लाको योक्सम दुब्दी जीपीयूले प्रथम, पाकिम जिल्लाको सुदुङलाखा जीपीयूले दोस्रो अनि मंगन जीपीयूको रिङहिम नामपतम जीपीयूले तेस्रो स्थान प्राप्त गरेको छ। पुरस्कार स्वरूप क्रमशः ५ लाख, ३ लाख र २ लाख रूपियॉं प्रदान गरियो।कार्यक्रममा सिक्किम शहरी गरीब आवास योजन अन्तर्गत पॉंच जना लाभार्थीलाई घर निर्माणका लागि ब्लू प्रिन्ट प्लान हस्तान्तरण गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *