फ्रीडम मोटो राइड आइपुगे गान्तोक

IMG_20221002_215305.jpg

गान्तोक: ‘फ्रीडम मोटो राइड’ गान्तोक आइपुगेको छ।ज्ञात रहोस यो संसारकै सबैभन्दा ठूलो मोटरबाइक अभियानहरू मध्ये एक रहेको बताइएको छ। यसमा भारतभरिबाट उत्साही बाइकरहरू सहभागी बनेका छन्। उल्लेखनीय छ, केन्द्रिय गृह मन्त्रीले ‘फिट इन्डिया फ्रीडम राइडर बाइक ऱ्याली’ कार्यक्रम अन्तर्गत ७५ बाइक राइडरलाई हरियो झण्डा देखाएर ७५ दिनको भ्रमणको निम्ति प्रस्थान गराएका थिए। यो ऱ्यालीले देशका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछ। ७५ दिनको यात्रा अवधि ७५ महत्वपूर्ण ठाउॅंहरूमा आजादीको अमृत महोत्सवको प्रचार गरिने छ। यस अभियानको समापन आगामी २५ नोभेम्बर, २०२२ मा राष्ट्रपति भवनमा हुनेछ।सिक्किम राज्य पुगेका यी उत्साही बाइकरहरूलाई सिक्किमका राज्यपाल गंगा प्रसादले आज राजधानीको एमजी मार्गमा प्रेरणा एवं प्रोत्साहनका लागि हरियो झण्डा देखाए।फ्रीडम मोटो राइडको मुख्य उद्देश्य प्रगतिशील भारतको ७५औं साल पुरा भएको अवसरमा भारतको विभिन्न ठाउॅॅंहरूका संस्कृति र उपलब्धीहरूको गौरवशाली इतिहास स्मरण गर्दै आजादीको अमृत महोत्सवको प्रचार गर्नु हो। यो अभियान भारतीय खेल प्राधिकरण (साई) र फिट इन्डिया मुभमेन्टको माध्यमद्वारा भारत सरकारको संस्कृति मन्त्रालय तथा युवा मामिला एवं खेल मन्त्रालयद्वारा समर्थित हो। फ्रीडम मोटो राइड, फिट इन्डिया मुभमेन्टसित आधिकारिक रूपमा जोडिएको अभियान हो, जसद्वारा फिटनेशको विषयमा मानिसहरूलाई प्रेरित गरिन्छ र जागरूकता फैलाउने गरिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *