बढ़ी हर्ष र उत्साहको साथ फूलपाती शोभायात्रा सम्पन्न

IMG-20221002-WA0174.jpg

कालचिनी। नेपाली/गोर्खा जातिको बड़ा दसैंको प्रारम्भ एवम् माता दुर्गा भवानीको पूजा महासप्तमीको शुभ अवसरमा आज फूलपातीको उपलक्ष्यमा कालचिनी खण्डको कालचिनी लगायत हाँसीमारा र भारत भोटाङ सीमान्त सहर जयगाउँमा बढ़ी धुमधाम र हर्ष एवम् उत्साहको साथ फूलपाती शोभायात्रा निकालियो।
भारत भोटाङ सीमान्त सहर जयगाउँमा आज जयगाउँ एक र जयगाउँ दुई फूलपाती आयोजक कमिटीको पक्षबाट गोपीमोहन मैदानबाट नेपाली गोर्खा जातिको विविध पारम्परिक झाँकी एवम् जातिय पोशाकहरु सहित फूलपाती शोभायात्रा निकालिएको थियो।
फूलपाती आयोजक कमिटीको पक्षबाट प्रमुख संयोजक दुर्गा राई र महासचिव राजेश बराईलीले कोरोना महामारीको अढ़ाई बर्षको तितो औ कठिन समय पश्चात यसपालीको शोभायात्राको भिन्नै महत्व रहेको र उत्साह र अपार हर्षको साथ फूलपाती शोभायात्राले जयगाउँ सहरको परिक्रमा गरेको र साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जनाएका छन।
यता हाँसीमारामा पनि हाँसीमारा फूलपाती आयोजक कमिटीको पक्षबाट पुरानो हाँसीमारा र न्यू हाँसीमारा बजार क्षेत्रको परिभ्रमण गर्दै नेपाली जातिय संस्कृति र परम्पराको झाँकी सहितको शोभायात्रा निकालिएको आयोजक कमिटीको पक्षबाट जगन्नाथ उपाध्यायले जनाएका छन।
कालचिनीमा भिन्न भिन्नै फूलपाती आयोजक कमिटीको गठन आज कालचिनी पिपलतला लाईन हुँदै कालचिनी चौपति बजार क्षेत्रको परिभ्रमण गर्दै फूलपाती शोभायात्रा निकालिएको थियो भने नेपाली गोर्खा जातगोष्ठीको पारम्परिक सांस्कृतिक झाँकी र नृत्यको साथ शोभायात्रा निकालिएको थियो।

आज साँझ नै कालचिनी थाना मैदानमा प्रसिद्ध नेपाली संगीत जगतका गायक सेलेब्रिटी पुष्पण प्रधान सांगेतिक साँझ सम्पन्न हुने आयोजक कमिटीको पक्षबाट रञ्जित प्रधानले जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *