तीनधारेमा सार्वजनिक श्री श्री नव दुर्गा पूजा अनि श्री माँ देवी भागवत पुरणको सातौं दिन

IMG-20221002-WA0183.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको बीस माइलस्थित स्मृति वनमा रहेको उत्तर केशी सिंहदेवी मन्दिरमा सार्वजनिक श्री श्री नव दुर्गा पूजा अनि श्री माँ देवी भागवत पुरण भईरहेको छ। उक्त पूजा गत २६ सेप्टेम्बरदेखि शुरु भएको छ भने आगामी ४ अक्टोबरसम्म चल्ने भएको छ। बीस माइलको उत्तरकेसी सिंहदेवी मन्दिर कमिटीको आयोजनामा भईरहेको उक्त सार्वजनिक श्री श्री नव दुर्गा पूजा अनि श्री माँ देवी भागवत पुरणको उदघाटन गत २६ सेप्टेम्बरको दिन गरिएको थियो। पहिलो दिन उदघाटन पूजासितै कलश यात्रा सम्पन्न भएको थियो। उक्त कलश यात्रा तीनधारेको गोलाई पाखास्थित राधाकृष्ण मन्दिरदेखि शुरु भएर बीस माइलको उत्तर केशी सिंहदेवी मन्दिरसम्म गरिएको थियो। त्यसरी देस्रो दिन बिहानदेखि वेद पाठसितै पुराण पाठ सम्पन्न भएको थियो। त्यसरी लगातार रूपमा पुराण पाठ, वेद पाठ हुँदै विभिन्न झाँकीहरू पनि प्रदर्शन गरिएको थियो।

पूजा अवधि विभिन्न स्थानहरूबाट भक्तजन आएका थिए भने पूजामा ठूलो भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो। त्यसरी नै आज फूलपातीको दिन मातालाई भित्राउने, हवन, नौकन्या पूजा, तिलकपति लगायत कालरात्रि र हवन पूजा सम्पन्न भएको छ। यस विषयमा पूजा कमिटीको पक्षबाट गणेश प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार यो पूजाको समापन आगामी ४ अक्टोबरको दिन हुने भएको छ अनि यस पूजामा जयगाउँबाट पण्डित ध्रुवजी गुरगाई र नेपालबाट पण्डित चक्र दाहाल लगायत कथावाचक, प्रवचनकर्ता एंव संगीतकारहरू उपस्थित रहेको बताएका छन्। उल्लेखनीय छ तीनधारेको बीस माइलमा वार्षिक रूपमा दुर्गा पुजाको आयोजना गर्ने गरिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *